दरंग (असम), 16 फरवरी : दरंग पुलिसले एक गुप्त सूचनाको आधारमा अभियान चलाउँदै पाँचजना डाँकाहरूलाई पक्राउ गरेको छ। मंगलदोई पुलिसले आज बताएको छ, गोप्य जानकारीको आधारमा आर्मी लेखिएको एउटा कारमा सवार भई डकैतीको घटनालाई परिणाम दिन हिँड़ेका पाँचजना डाँकाहरूलाई पुलिसले समात्यो।
सन्देहको आधारमा आई 20 कार (एएस-11एम-6777)- लाई रोकेर जाँच गर्दा कारभित्र एउटा प्लास, डेगर, तिरपाल र नगद रुपियाँ भेटियो, त्यसपछि कारलाई पनि पुलिसले जफत गऱ्यो। कार सहित डाँकाहरूलाई मंगलदोई नजिक मेनापाराबाट पक्राउ गरिएको छ।
पुलिस सूत्र अनुसार डाँकाहरूको यो गिरोह सड़कहरूमा डकैती, गाई चोरी सहित अन्य असामाजिक गतिविधिहरूमा सामेल थियो। पक्रा परेका डाँकाहरूको पहिचान फुलुद्दीन, जमालुद्दीन, दरबेज अली, सोनहर अली, जैनल आबेदीनको रूपमा भएको छ। यिनीहरूमध्ये केही खारूपेटिया क्षेत्रका चतुर चोरहरू रहेको बताइएको छ।
पुलिसले आशंका व्यक्त गरेको छ, गिरोहमा थप अन्य सदस्यहरू पनि हुनसक्छ। हाल पुलिसले यी डाँकाहरूसित जाँचबुझ गरिरहेको छ।
