• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > तादोङ कलेजमा ३४औँ नेपाली भाषा मान्यता दिवस सम्पन्न
Regional

तादोङ कलेजमा ३४औँ नेपाली भाषा मान्यता दिवस सम्पन्न

CliQ INDIA
Last updated: September 13, 2025 10:26 am
CliQ INDIA
Share
3 Min Read
SHARE

गान्तोक, 12 सेप्टेम्बर (हि.स.)। नरबहादुर भण्डारी सरकारी महाविद्यालय, तादोङले नेपाली विभागसँगको सहकार्यमा 34औँ नेपाली भाषा मान्यता दिवस शुक्रवारका दिन भव्य रूपमा आयोजन गर्‍यो। यस कार्यक्रमलाई महाविद्यालयको शैक्षिक वार्षिक कार्यतालिकाअन्तर्गत सञ्चालन गरिएको हो, जसको उद्देश्य भारतीय संविधानको आठौँ अनुसूचीमा नेपाली भाषा सूचीकृत भएको ऐतिहासिक उपलब्धिलाई स्मरण गर्नु रहेको छ।

कार्यक्रमका मुख्य अतिथि सिक्किम अकादमीका अध्यक्ष तथा नेपाली भाषा मान्यता आन्दोलनका अग्रणी व्यक्तित्व एसआर सुब्बा थिए। सो अवसरमा साहित्य अकादमी पुरस्कार विजेता वरिष्ठ साहित्यकार डा. शङ्करदेव ढकाल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। साथै सिक्किम अकादमीका पदाधिकारी पूर्ण योञ्जन र पीएल शर्मा, नेपाली साहित्य परिषद्, गान्तोकका पदाधिकारी भक्ति शर्मा, रत्ना लक्सम, जीएस लिम्बू, साहित्यकार उषा शर्मा लगायत नाम्ची कलेजका प्राचार्य डा दीपक तिवारीको सहभागिता उल्लेख्य रहेको थियो।

नरबहादुर भण्डारी सरकारी कलेजका प्राचार्य डा. डी पुरोहितले स्वागत मन्तव्य दिँदै भाषाको मानवीय प्रगति र विकासमा हुने योगदानबारे प्रकाश पारे। उनले भानु पुरस्कार विजेता तथा भाषा मान्यता आन्दोलनसँग सम्बन्धित व्यक्तिहरूलाई यस वार्षिक समारोहमा सम्मान गर्ने कलेजको परम्परालाई पनि जोड दिए।

नेपाली विभाग प्रमुख डा. उदय छेत्रीले कार्यक्रमका औचित्य र उद्देश्यहरू प्रस्तुत गर्दै नेपाली भाषा मान्यता आन्दोलनका योगदान पुर्‍याउने व्यक्तित्वहरूको विशेष स्मरण गरे। उनले विशेषत: आन्दोलनका संस्थापक कोषाध्यक्ष एसआर सुब्बा र दिल्लीमा केन्द्रिय नेताहरूसँग समन्वय गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएका डा एस डी ढकाललाई उल्लेखनीय रूपमा प्रस्तुत गरे।

सम्बोधनको क्रममा डा. ढकालले भाषा समाज निर्माणको मूल आधार रहेको बताउँदै विद्यार्थीहरूलाई राष्ट्रिय स्तरका प्रतियोगी परीक्षाहरू, विशेषतः केन्द्रिय लोक सेवा आयोगद्वारा सञ्चालित परीक्षाको तयारीमा लाग्न आह्वान गरे। उनले नेपाली विषयलाई केन्द्रिय लोकसेवा आयोगको मुख्य परीक्षामा वैकल्पिक विषयका रूपमा रोज्न प्रेरित गरे। कलेजलाई “प्यान्डोराको बक्स” सँग तुलना गर्दै उनले विद्यार्थीहरूले समाज र राष्ट्रलाई सकारात्मक दिशामा डोर्‍याउने पर्याप्त सम्भावना बोकेको धारणा व्यक्त गरे।

मुख्य अतिथि सुब्बाले भाषा मान्यता आन्दोलनका आफ्ना स्मृतिहरू विद्यार्थीहरूसँग साझा गर्दै जीवनमा स्पष्ट दृष्टि, एकाग्रता र इमान्दारिताको महत्त्वबारे प्रेरणा दिए। उनले संवैधानिक मान्यता आवश्यक भए पनि कुनै भाषाको वास्तविक उत्थानका लागि त्यस भाषाका वक्ताहरूको निष्ठा र प्रतिबद्धता अपरिहार्य हुने विचार प्रस्तुत गरे।

यस अवसरमा उपस्थित विशिष्ट अतिथिहरूमध्ये डा जीवन उपाध्याय, प्रा डा भास्कर चक्रवर्ती, डा प्रमिला छेत्री, डा गीता निरौला, डा शारदा छेत्री, सीपी राई, गुरु लुइटेल, डा. होमनाथ लुइटेल साथै कञ्चनजङ्घा राज्य विश्वविद्यालय सिक्किमका प्राध्यापकहरू डा. केके सापकोटा, डा रीना राई, डा आरबी रसाइली प्राध्यापकहरू उल्लेखनीय थिए। कलेजका विभिन्न विभागका विभागीय प्रमुख, प्राध्यापक, अशैक्षिक कर्मचारी तथा नेपाली सम्मानका विद्यार्थीहरू र केएसयुका नेपाली स्नातकोत्तरका विद्यार्थीहरूको पनि सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको समापन नेपाली भाषाको शैक्षिक, सांस्कृतिक पहिचान र राष्ट्रिय एकतामा रहेको महत्त्वलाई सामूहिक रूपमा पुनः पुष्टि गर्दै गरिएको थियो। ३४औँ नेपाली भाषा मान्यता दिवस केवल आन्दोलनका अग्रणीहरूलाई श्रद्धाञ्जली मात्र नभई नयाँ पीढीलाई आफ्नो भाषिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा प्रतिबद्ध बन्ने प्रेरणाको अवसर समेत बनेको थियो।

हिन्दुस्थान समाचार / बिशाल

You Might Also Like

सड़क किनारमा भेटियो चितुवाको शव, यसको साथी घुमिरहेको आशंकाले बिष्णुपुरमा भय व्याप्त
सात दशकपछि नियोरा भ्याली नेशनल पार्कमा कस्तुरी हिरनको उपस्थिति दर्ता
ममता सरकारमाथि आरोप- सरकारी कर्मचारीहरूलाई डीए भुक्तान गर्नदेखि बच्नको लागि दुई सय करोड़ खर्च गरियो | BulletsIn
नारायणगढ़मा सड़क दुर्घटनाः अनियन्त्रित लरी पल्टिएर दुईजना घाइते
अवनिन्द्रनाथ ठाकुरको जयन्तीमा मुख्यमन्त्री ममता ब्यानर्जीले गरिन् नमन

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article मिजोरम, मणिपुर सहित प्रधानमन्त्री मोदीको 13-15 सेप्टेम्बरसम्म पाँच राज्यहरूको दौड़ाह आजदेखि
Next Article गणेश विसर्जन जुलूसमा दुर्घटनाः 8 को मृत्यु, 20 भन्दा धेरै घाइते
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?