पटना। बिहारमा किशनगंज जिल्लाको पौआखालीमा ग्यास सिलिन्डर ब्लास्ट हुॅंदा महिला र उनका तीन नानीको मृत्यु भएको छ। घटनामा तीनजनाको स्थिति गम्भीर रहेको छ। घाइतेहरूलाई पूर्णियामा भर्ती गरिएको छ। घटनालाई लिएर मुख्यमन्त्री नीतीश कुमारले गहिरो शोक समवेदना व्यक्त गरेका छन्।
पुलिस अनुसार, ग्यास सिलिन्डरमा आगो लाग्यो। हेर्दाहेर्दै आगो भन्साघरमा फैलियो र सिलिन्डर ब्लास्ट भयो। यसको चपेटमा परिवारका छ सदस्य परे। सूचना पाएर पुलिस र फायर ब्रिगेडको टीम घटनास्थल आइपुग्यो। दमकलको गाडीहरूले अथक प्रयासपछि आगोलाई नियन्त्रित गऱ्यो।
घाइतेहरूलाई पहिला किशनगंजमा भर्ती गरियो। यहॉंबाट सबैलाई जीएमसीएच, पूर्णियामा भर्ती गरियो। यहॉं डाक्टरले महिला र उनका तीन नानीलाई मृत घोषित गरिदिए। दुई जना घाइतेको स्थिति गम्भीर रहेको छ। घटनापछि गाउॅंमा शोकको लहर छाएको छ। मुख्यमन्त्री नीतीश कुमारले पनि घटनाप्रति शोक व्यक्त गरेका छन्।
