गान्तोक: पद्मश्री पुरस्कारले सम्मानित जङ्गु निवासी जोर्डन लेप्चालाई राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले बधाई साथै शुभकामना दिएका छन्। लेप्चालाई आज देशको राजधानी नयाँ दिल्लीमा नागरिक अधिष्ठापन समारोहबीच देशकी राष्ट्रपति द्रोपदी मुर्मूको बाहुलीबाट उक्त पुरस्कार प्रदान गरिएको हो।
लेप्चालाई सो पुरस्कार कला क्षेत्रको निम्ति प्रदान गरिएको हो। विगत २५ वर्षदेखि परम्परागत टोपी बुन्ने र बाँसको शिल्प गरेर लेप्चा जनजातिको सांस्कृतिक सम्पदाको संरक्षणमा लगनशील प्रयास गरेकोमा जोर्डन लेप्चा प्रतिष्ठित पद्मश्री पुरस्कारबाट सम्मानित भएकोमा मुख्यमन्त्री तामाङले हार्दिक बधाई तथा शुभकामना दिएका छन्।
मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमा भनेका छन्, यो मान्यता वास्तवमै उनको समर्पण र योगदानको प्रमाण हो। यो साँच्चै सिक्किमको लागि धेरै गर्वको क्षण हो, जसले यस क्षेत्र भित्रको समृद्ध सांस्कृतिक सम्पदा र प्रतिभा प्रदर्शन गर्दछ।
