कोलकाता, 01 फरवरी : महानगर कोलकाता सहित सम्पूर्ण राज्यको मौसममा व्यापक बदलाउ महसूस गरिएको छ। बितेको 24 देखि 48 घण्टाभित्रमा तापमानमा 7 डिग्री सेल्सियस वृद्धि आएको छ भने जाड़ो लगभग हराएको छ। बिहीवार मौसम विभागले बताएको छ, कोलकातामा न्यूनतम तापमान 21.3 डिग्री सेल्सियस रेकर्ड गरिएको छ जुन सामान्यभन्दा 6 डिग्री अधिक हो। बितेको मङ्गलवार-बुधवारसम्म न्यूनतम तापमान 13 देखि 14 डिग्री सेल्सियस थियो। यहाँको अधिकतम तापमान पनि 26.6 डिग्री सेल्सियस रेकर्ड गरिएको छ जुन सामान्य हो। यसले गर्दा चिसो हराए जस्तै महसूस गरिएको छ।
हावड़ा, हुगली, उत्तर औ दक्षिण 24 परगना, पूर्व औ पश्चिम मेदिनीपुर, पुरूलिया, बाँकुड़ा, मालदा, मुर्शिदाबाद औ झाड़ग्रामका क्षेत्रहरूमा पनि तापमान 19 डिग्री सेल्सियसदेखि 25 डिग्री सेल्सियसबीच रेकर्ड गरिएको छ जसकारण अहिलो चिसो अनुभूत भएको छैन। उत्तर बंगालका अलिपुरद्वार, कुचबिहार, जलपाईगुड़ी, दार्जीलिङ एवं कलेबुङमा पनि मौसम सामान्य हुन थालेको छ। समग्रमा भन्न पर्दा बंगालमा अब बिस्तारै मौसम सामान्य भइरहेको छ। आगामी 24 देखि 72 घण्टासम्म यस्तै मौसम कायम रहने छ।
