पाकिम,। पाकिम जिल्लाका सबै पॉंच निर्वाचन क्षेत्रमा शुक्रवार शान्तिपूर्ण मतदान सम्पन्न भयो। जिल्लामा लोकसभा, विधानसभा र सङ्घ आसनको निम्ति लगभग 79.95 प्रतिशत मतदान भएको छ।
पाकिम जिल्लामा कुल 109 मतदान केन्द्र स्थापित गरिएको थियो, जसमा पॉंचवटा महिला मतदान केन्द्र (पिङ्क बूथ) र 24 वटा महिलामैत्री मतदान केन्द्र सामेल छन्।
पाकिम जिल्लामा सर्वाधिक मतदान रिनाक निर्वाचन क्षेत्रमा भएको छ। यहॉं 82 प्रतिशत मतदान रेकर्ड गरियो। यस निर्वाचन क्षेत्रबाट मुख्यमन्त्री तथा एसकेएम पार्टी अध्यक्ष प्रेमसिंह तामाङले पनि चुनाउ लडेका छन्। यस बाहेक उनी सोरेङ च्याखुङ निर्वाचन क्षेत्रबाट पनि एसकेएम उम्मेदवार हुन्।
यसैगरी, नाथाङ माछोङ निर्वाचन क्षेत्रमा 81 प्रतिशत, वेस्ट पाण्डम निर्वाचन क्षेत्रमा 80 प्रतिशत, नाम्चेबुङ निर्वाचन क्षेत्रमा 79 प्रतिशत र छुजाचेन निर्वाचन क्षेत्रमा 78 प्रतिशत मतदान भएको छ। पूर्व मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष पवन चामलिङ नाम्चेबुङ र पोकलोक कामराङ निर्वाचन क्षेत्रबाट चुनाउ लडेका छन्।
