सिलगढी: डाई इन हार्नेस योजना अन्तर्गत जीटीए क्षेत्रका 32 जनालाई प्राथमिक शिक्षकको नियुक्ति पत्र प्रदान गरिएको छ। सिलगढीको पिन्टेल भिलेजमा आयोजित एक कार्यक्रममा डाय इन हार्नेस योजना अन्तर्गत जीटीए क्षेत्रका 32 जनालाई प्राथमिक शिक्षकको नियुक्ति पत्र प्रदान गरिएको छ।
नियुक्ति पत्र पाउनेहरुमा दार्जीलिङ जिल्लाका 28 जना र कालेबुङ जिल्लाका 4 जना रहेका थिए। नियुक्ति पत्र जीटीए चिफ् अनित थापा, कालेबुङ अनि दार्जीलिङ शिक्षा बोर्डका सदस्यहरूको उपस्थितिमा प्रदान गरियो।
जीटीए प्रमुख अनित थापाले भने, “डाय इन हार्नेस योजना अन्तर्गत जजसले नौकरी पाएका छन् त्यो उसको अधिकार हो। शिक्षकको नौकरी पाउँनु भएको छ, आफ्नो काम उत्तरदायित्व राम्ररी निभाउनु।“
दार्जीलिङ जिल्ला शिक्षा बोर्डका अध्यक्ष तिलकचन्द रोकाले भने, “यति छोटो समयमा हामीले डाय इन हार्नेस अन्तर्गत नियुक्ति दिनु सक्यौं त्यसको श्रेय जीटीए चिफ अनित थापालाई जान्छ। शिक्षा विभागका डी आइ हरूले दिनरात काम गरेर हाम्रो पहललाई सफल पार्नु भयो। दार्जीलिङ जिल्लाका 28 जनालाई नियुक्ति दिनु सफल भएका छौ।“
रोकाले टेट परीक्षा विषय बोल्दै भने, “2021 को टेटको फाइल हामीले हेर्यौं। सबै कुरा ठीक पाएका छौ। टेटको परीक्षा फेक कदापि होइन। हामीले यसमाथि पनि कार्य सुरु गरिसकेका छौ। आगामी जुन महिना भित्र टेट परीक्षाको प्रक्रिया पनि पूरा हुनेछ।“
कालेबुङ जिल्ला शिक्षा बोर्डका अध्यक्ष सेन्दुप लामाले भने “फरवरी महिनामा जिल्ला बोर्डको अभिभारा सम्हालेपछि हामीलाई डाय इन हारनेस अन्तर्गत हुनुपर्ने नियुक्तिलाई प्राथमिकता दिएर कार्य गर्नुपर्ने निर्देश रहेको थियो। हाम्रो तर्फबाट काम भइसकेको थियो। तर नियुक्ति पाउनु पर्ने व्यक्तिहरुको नै दस्तावेज पूर्ण हुनु नसकेको कारण नियुक्ति दिनुमा अलिक ढिलो भएको हो।
