• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > स्रष्टा सङ्गमको छैंटौं वार्षिक सम्मेलनलाई लिएर सभा सम्पन्न
Regional

स्रष्टा सङ्गमको छैंटौं वार्षिक सम्मेलनलाई लिएर सभा सम्पन्न

CliQ INDIA
Last updated: January 6, 2026 12:20 pm
CliQ INDIA
Share
3 Min Read
SHARE

– छैंटौं वार्षिक सम्मेलन खरसाङको सिटोङमा हुने

खरसाङ, 05 जनवरी (हि.स.)। भारतीय नेपाली भाषी इसाई स्रष्टाहरुको साझा मञ्च स्रष्टा सङ्गमको छैंटौं वार्षिक सम्मेलन खरसाङको सिटोङमा सम्पन्न हुने भएको छ। उक्त छैंटौं वार्षिक सम्मेलनलाई लिएर आज तदर्थ कमिटीको सभा सिटोङमा सम्पन्न भयो। उक्त सभा स्रष्टा सङ्गमको केन्द्रिय सभापति एल्डर राजु राईको अध्यक्षता र पूर्व सचिव हनोक थापाको सञ्चालनमा सम्पन्न भयो।

सभामा स्रष्टा सङ्गमको केन्द्रिय समितिबाट एवं छैंटौं वार्षिक सम्मेलनको संयोजिका सन्ध्या आचार्य लगायत तदर्थ कमिटीका पदाधिकारीहरु उपस्थित रहेका थिए। सभामा गत सभाको विवरण पढेर सुनाएपछि सभाका प्रस्तावहरुलाई लिएर चर्चा परिचर्चा गरियो। सभाको निर्णय र केन्द्रिय समितिको निर्देशन अनुसार छैंटौं वार्षिक सम्मेलन विषयमा चर्चा परिचर्चा गरियो।

यसपाली खरसाङको सिटोङमा हुन गइरहेको छैंटौं वार्षिक सम्मेलनमा गजल लेखनमाथि वर्कशपको आयोजना गरिने साथै ख्रीष्टीय भजन/गीत लेखन विषयमा विमर्श कार्यक्रमको आयोजना पनि गरिने भएको छ। यसका साथै कथा, कविता, गीत, गजल वाचन कार्यक्रम पनि आयोजना गरिने भएको छ। यसैगरी, विभिन्न विषयहरुमा छलफल र वार्ता प्रस्तुत गरिने छ भने स्रष्टा सङ्गमको वार्षिक आम सभा पनि आयोजना गरिने भएको छ।

यसपाली स्रष्टा सङ्गमको तर्फबाट वार्षिक रुपमा प्रदान गरिने ‘स्रष्टा सम्मान’ यसपाली इसाई जगतका वरिष्ठ साहित्यकार एवं वरिष्ठ अगुवा प्रेरित ध्रुव ‘शिष्य’ र सम्पादिका एवं नारी स्रष्टा एडना घलेलाई प्रदान गरिने भएको छ। उक्त छैंटौं वार्षिक सम्मेलनमा दार्जिलिङ, बिजनबारी, खरसाङ, मिरिक, सिलगढी, कालेबुङ, डुवर्स, सिक्किम लगायत अन्य क्षेत्रहरूबाट स्रष्टाहरु उपस्थित रहनेछन्।

यसपाली खरसाङको सिटोङमा हुने छैटौं वार्षिक सम्मेलनको‌ लागि तदर्थ कमिटीमा सभापति दिल बान्तावा, उप सभापति पास्टर अनिल राई, सचिव मिका भोंग्मू, सह सचिव एल्डर युनुस लेप्चा, कोषाध्यक्षा प्रोकिला राई र सह कोषाध्यक्षा शोभा राई चयन भएका छन्। यसबाहेक पनि सल्लाहकारहरु र कार्यकारी सदस्यहरू पनि चयन गरिएका छन्।‌

सभामा स्रष्टा सङ्गमको छैंटौं वार्षिक सम्मेलनमा खरसाङ, सिटोङ, लाटपञ्चार, मङ्पु क्षेत्रका स्रष्टाहरुलाई साथै स्थानीय चर्चहरुका पास्टरहरु, अगुवाहरु र स्रष्टाहरुलाई भेला गरिने भएको छ। सभामा स्रष्टा सङ्गमको केन्द्रिय सभापति राजु राईले आफ्नो अध्यक्षीय सम्बोधनमा विभिन्न सुझाउहरु राखेका थिए। सभामा सबैले स्रष्टा सङ्गमको छैंटौं वार्षिक सम्मेलनलाई सफल बनाउन सक्रिय भएर कार्य गर्ने भएको जानकारी प्राप्त भएको छ।

उल्लेखनीय छ, भारतीय नेपाली भाषी इसाई स्रष्टाहरुको साझा मञ्च स्रष्टा सङ्गमको स्थापना सन् 2018 मा खरसाङको सिटोङबाट नै भएको थियो र स्रष्टा सङ्गमको पहिलो वार्षिक सम्मेलन खरसाङको सिटोङमा 2018 मा भएको थियो। दोस्रो वार्षिक सम्मेलन 2019 मा पूर्व सिक्किमको रम्फूमा, तेस्रो वार्षिक सम्मेलन 2020 मा सिलगढीमा, चौथो वार्षिक सम्मेलन 2023 मा सिक्किमको गान्तोकमा र पाँचौं वार्षिक सम्मेलन कालेबुङमा भएको थियो। यसपाली स्रष्टा सङ्गमको छैंटौं वार्षिक सम्मेलन खरसाङको सिटोङमा आगामी 30 र 31 जनवरीमा दुई दिवसीय रुपमा आयोजना गरिने भएको छ।

हिन्दुस्थान समाचार / हनोक

You Might Also Like

सड़क दुर्घटनामा युवकको मृत्यु
बंगालमा फेरि बढ़्यो चिसो, सिरेटोले बढ़ायो चिसो
सोनापुरमा एआईयूडीएफ-कांग्रेस नेताहरूको पुतला जलाइयो | BulletsIn
युवाहरू प्रधानमन्त्री नरेन्द्र मोदीको संकल्प विकसित भारत @2047 का नायक हुन्: राज्यपाल
एसएसबी 69औं वाहिनीद्वारा आयोजित कम्प्यूटर ट्रेनिङको समापन

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article इरानका २७ प्रान्तमा प्रदर्शन, सुरक्षाबलको गोलीबाट २९ जनाको मृत्यु
Next Article पूर्वी चम्पारण पुग्यो विश्वकै सबैभन्दा विशाल शिवलिङ्ग, दर्शनका लागि श्रद्धालुको भीड
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?