गान्तोक, 06 दिसम्बर (हि.स.)। सशस्त्र सीमा बल (एसएसबी) को 69औं बटालियन, पाकिमद्वारा रिनाक सरकारी महाविद्यालयमा आयोजित 30 दिवसीय कम्प्यूटर ट्रेनिङको समापन भएको छ। नागरिक जनकल्याण कार्यक्रम अन्तर्गत गत 2 नोभेम्बरदेखि आयोजित उक्त प्रशिक्षण कार्यक्रमको आज समापन गरिएको हो।
एसएसबी 69औं बटालियनद्वारा आज जारी एक प्रेस विज्ञप्ति अनुसार, यस कम्प्यूटर प्रशिक्षणमा सीमावर्ती गाउॅंका कूल 97 प्रशिक्षुले प्रशिक्षण प्राप्त गरे। प्रशिक्षुहरूलाई आज समापन समारोहमा प्रमाण—पत्र प्रदान गरियो।
यस जन कल्याणकारी कार्यक्रमको समापन समरोहमा विशिष्ट अतिथिको रूपमा एसएसबीको 69औं वाहिनीका उप कमान्डेन्ट शैलेश कुमार सिंह, रिनाक सरकारी महाविद्यालयका प्रधानाचार्य विधान सुब्बा, 69औं बटालियनका सहायक कमान्डेन्ट सरोज उपाध्याय तथा अन्यहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार/बिशाल
