• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > सिक्किमका खसह‌रूमाझ अनेकौँ जालझेल गरी फाँटो ल्याउने पवन चामलिङको पुरानो रोग निको भएको छैनः असिखछेबाकस
Regional

सिक्किमका खसह‌रूमाझ अनेकौँ जालझेल गरी फाँटो ल्याउने पवन चामलिङको पुरानो रोग निको भएको छैनः असिखछेबाकस

CliQ INDIA
Last updated: June 24, 2025 6:50 pm
CliQ INDIA
Share
4 Min Read
SHARE

गान्तोक, 24 जून (हि.स.)। अखिल सिक्किम खस छेत्री-बाहुन कल्याण सङ्‌‌घको केन्द्रिय कार्यकारिणीको आकस्मिक बैठक सङ्‌घका अध्यक्ष नारायण खतिवडाको अध्यक्षतामा सम्पन्न भएको र बैठकमा विभिन्न विषयहरूमा चर्चा भएको विज्ञप्तिमा जनाइएको छ।

बैठकमा भर्खरै २२ जून, २०२५ मा पवन चामलिङले एक कार्यक्रममा सिक्किमेली खस समुदायप्रति गरेको टिप्पणीलाई लिएर गम्भीर छलफल भएको र चामलिङले राखेको वक्तव्यलाई सङ्‌घले तीव्र विरोध र भत्सर्ना जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, चामलिङले, सिक्किमका मानिस भारतीय हुँदा खस होइन छेत्री बाहुन भनी गाभिएको अनि अहिले आएर खस भन्दा त भारत सरकार छक्कै पर्ने… वक्तव्य दिए। यस्तो बालसुलभ वक्तव्यले उनको स्तर कत्तिको रहेछ सबैलाई छर्लङ्‌गै भएको सङ्‌घले बोध गरेको छ। सिक्किमका खसह‌रूमाझ अनेकौँ जालझेल गरी फाटो ल्याउने पवन चामलिङको पुरानो रोग निको नभएको सङ्‌घले बुझेको अखिल सिक्किम खस छेत्री-बाहुन कल्याण संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा सिक्किमेली मूलका खस एक हुन् भनी बुझेर सामाजिक कल्याण विभाग, सिक्किम सरकारले अधिसूचना जारी गरेर खस भन्नाले छेत्री-बाहुन भनी अधिसूचना प्रकाशमा ल्याइसकेको छ र यी दुवै खसद्वारा चिनिइन्छन् भन्ने स्पष्ट पारेको अवगत गराउँदै सिक्किम सरकारको डेस्मीले गरेको २०२२-को उन्नयन सर्वेक्षणमा छेत्री-बाहुन खस वर्गमा रहेको स्पष्ट उल्लेख रहेको जनाएको छ। जसले सिक्किममा खस समुदायको उपस्थितिलाई बलियोसँग प्रमाणित गरेको प्रमाणहरू यथेष्ट रहेको विज्ञप्तिमा जनाइएको छ।

यसरी नै देशका प्रधानमन्त्री नरेन्द्र मोदीले धेरैपटक आफ्ना सम्बोधनहरूमा खसको उल्लेख गरेबाट पनि भारत सरकार सिक्किममा खस जातिको बसोबासबारे पूर्ण रूपले अवगत रहेको प्रष्ट हुन्छ त्यसर्थ, पवन चामलिङको उक्त वक्तव्यलाई सङ्घले सरासर अर्थहीन, अनुसन्धानविहीन र भ्रामक भनी बताएको छ।

अर्कोतिर गत २६ फरवरी, २०२५ मा सिक्किमका मुख्यमन्त्री पीएस गोलेले खस जातिलाई साङ्‌गठनिक उत्सव मनाउन प्रत्येक वर्ष २६ फरवरी सरकारी अवकाश दिएका छन्, यो कुनै जातीय, सांस्कृतिक र धार्मिक अवकाश होइन। खस सङ्घ कुनै धार्मिक, सांस्कृतिक र राजनैतिक र वर्गविशेषको सङ्‌गठन नभएकाले समुदायका सबै धर्मावलम्बी, विश्वासी र विचारप्रभावी व्यक्तिलाई सङ्‌घको अभिन्न सदस्य ठान्दछ र यही दिन सबै मिली साङ्‌गठनिक ऐक्यबद्धताको उत्सव मनाउन सुयोग्य रहेकाले यस दिनलाई बडो महत्त्वका साथ लिएको छ। सोझा खस जातिलाई अल्मल्याउन पवन चामलिङले यस्तो धृष्टता नगरेको राम्रो हो भनी सङ्‌घले विज्ञप्तिमार्फत सुझाउ दिएको छ।

यसरी नै सिक्किमका खस जाति भारत सरकारद्वारा वर्ष २०२७-मा गरिन लागेको जातिगत जनगणनामा के लेख्नेबारे पूर्णरूपले सजग रहेको र पवन चामलिङ‌को विभाजनकारी क्षुद्र राजनीतिको उक्साइमा नआउने सङ्घले दृढ़ता लिएको छ।

पवन चामलिङ आफूलाई साँच्चै एकजना जिम्मेवार नागरिक ठान्छन् भने उनले, “खसहरूलाई सङ्कट आउने…” भनेका छन्। त्यो कस्तो सङ्कट हो खुलस्त भनिदिने, कुरा चपाएर नबोलिदिने सङ्घले आग्रह गर्दै नत्र साम्प्रदायिक दुर्भावना, जातीय विभेद, पृथकतावादी मानसिकताबाट माथि उठेर समाज भाँड्ने कुकृत्यहरू नगर्न सल्लाह संघले सल्लाह दिएको छ।

आफू सत्तामा हुँदा अनेकौँ पटक खस जातिलाई थरिथरिका प्रलोभन, प्रताडना र प्रपञ्च गरी फुटाउने, धम्क्याउने, सताउने गरेको बहुस‌ङ्‌ख्यक खस खसहरूले नबिर्सिएको संघले विज्ञप्तिमा उल्लेख गर्दै अबका पिँढी सचेत, सजग र सुयोग्य छन्, तिनका यस्ता भ्रामक कुराको पछि लाग्दैनन् भन्ने खस सङ्‌घको दृढ विश्वास छ र सबै सिक्किमेली खस एक छौँ भन्ने सन्देश पनि दिन चाहन्छौँ विज्ञप्तिमा भनिएको छ।

यसरी नै खस सङ्‌घले खस समुदायका एकजना वरिष्ठ सदस्य तथा सिक्किम सरकारका मन्त्री जी टी ढुङ्‌गेललाई ‘लोदर’ भनी गरेको दुर्वाच्यले सम्पूर्ण खस मनहरू आहत बनेको बोध गर्दै पवन चामलिङले यसबारे सार्वजनिक क्षमायाचना गर्नुपर्ने माग सङ्‌घले गरेको छ।

पवन चामलिङ‌ले भत्कोसको, बित्यासको र भ्रामक राजनीति गरेको कारण नै आज अलन्तरमा परेको कुरा बुझेको राम्रो हो भन्ने सङ्घ ठान्दछ। खस जाति एक ढिक्का भएर अनेकौँ उपलब्धि प्राप्त गरेको देख्न नसक्दा, मस्तिष्कले थाम्न नसक्दा यस्ता भडासहरू उनको मुखबाट निस्केको सङ्‌घले ठोकुवा गरेको छ।

सिक्किमको सद्‌भाव, समृद्धि र सामर्थ्यमा सम्पूर्ण खस जाति निष्ठापूर्वक ऐक्यबद्धता जनाउने बाचा सङ्‌घको छ भनी अध्यक्ष नारायण खतिवडाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

—————

हिन्दुस्थान समाचार / बिशाल

You Might Also Like

राज्यपालले सिक्किमवासीहरूलाई ल्हाबाब दुछेनको शुभकामना दिए
सुकेशले केजरीवाललाई पत्र लेखे
मोहम्मद सलिम माकपाका सम्भावित महासचिव, पार्टीबाट प्राप्त भएको छ विशेष निम्तो | BulletsIn
सीएम नीतीशले कर्पूरी ठाकुरलाई भारत रत्न दिइने भएकोमा पीएमलाई दिए बधाई
मुख्यमन्त्रीले ‘च्याखुङ रन सिक्किम’ लाई अन्तरराष्ट्रिय स्तरमा आयोजना गर्ने घोषणा गरे

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article असमको नगाउँ जिल्लामा 3.7 तीव्रताको भूकम्प
Next Article प्रधानमन्त्रीले ‘अपरेशन सिन्दूर’ लाई बताए आतङ्कवाद विरूद्ध भारतको कठोर नीतिको प्रतीक
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?