गुवाहाटी, 9 अक्टोबर (हि.स.)। गुवाहाटीको बाहिरी क्षेत्रमा भएको स़ड़क दुर्घटनामा एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भयो। पुलिसले बिहीवार बतायो, आज बिहान खेत्री थाना अन्तर्गत तेतेलिया लालमाटी क्षेत्रको राष्ट्रिय राजमार्ग-27 मा एउटा द्रूत गतिको वाहनको चपेटमा परी साइकल सवार भवेन बोड़ोको घटनास्थलमै मृत्यु भयो।
जागीरोडदेखि गुवाहाटी तर्फ आइरहेको वाहनको चपेटमा परेर भवेनको घटनास्थलमै मृत्यु भयो। घटनाको जानकारी पाउनसाथ खत्री यातायात पुलिसको टीम घटनास्थलमा पुग्यो अनि मृतकको शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि गुवाहाटी मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो। दुर्घटनामा सामेल वाहनको खोजीमा पुलिस जुटिसकेको छ। पुलिसले यस मामिलामा प्राथमिकी दर्ता गरी जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
