गाजियाबाद, 18 जुलाई (हि.स.)। थाना कौशाम्बी पुलिसले बिहिवार राति ग्रोसरी कारोबारीबाट पेस्तोलको बुतामा 32 लाखको लूट गर्ने थप दुई बदमाशलाई भिड़न्तमा पक्राउ गरेको छ। दुवै बदमाश पुलिसको गोली लाग्दा घाइते भए। जसलाई उपचारको निम्ति अस्पतालमा भर्ती गराइएको छ। बदमाशहरूदेखि दुई पेस्तोल, कारतूस तथा व्यापारीबाट लुटिएको 32 लाख रूपियाँ जफत गरिएको छ।
एसीपी अभिषेक श्रीवास्वतले भने, बिहिवार राति थाना कौशाम्बी पुलिसले अपराध एवं अपराधीहरू विरूद्ध चलाइएको अभियान अन्तर्गत रूटीन चेकिङमा टीम बनाएर 2/5 को पुलिया वैशालीमा इन्दिरापुरमतिर आउने र वैशाली जाने रोडमा वाहनहरूको चेकिङ गरिरहेको थियो। तब एउटा कालो रंगको स्पेलैण्डर प्लस नम्बरप्लेट बिनाको मोटर साइकलमा सवार दुई व्यक्तिलाई इन्दिरापुरमतर्फबाट आएको देखियो। जसलाई चेकिङको निम्ति रोक्ने इशारा गर्दा मोटर साइकल सवार दुवै व्यक्तिले बाइकलाई फर्काएर यूपी गेटतिर भाग्न थाले। शंका हुँदा पुलिसले मोटर साइकललाई पछ्यायो र रोक्ने प्रयास गर्दा मोटर साइकल सवार बदमाशहरू भाग्ने क्रममा बाटो खराब भएको स्थितिमा चिप्लेर लड़े। आफूलाई घेरिएको देखेर बदमाशहरूले पुलिसलमाथि गोलीबारी गरे। पुलिसले पनि जवाबी कारबाही गऱ्यो। जसमा दुवै बदमाश घाइते भए।
बदमाशहरूले पुलिस सोधपुछमा बताए, दुवैले आफ्नो अन्य 8 साथीको साथ मिलेर लूटको घटनालाई परिणाम दिएका थिए। आज दुवै आफ्नो हिस्सामा परेको दुई दुई लाख रूपियाँ लिएर मोटर साइकलमा गइऱहेका थिए। जुन पैसा दुवैबाट जफत भयो, त्यो यही लूटको घटनासित सम्बन्धित छ।
हिन्दुस्थान समाचार / भवानी थामी
