• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > वाणिज्य तथा उद्योग विभागको अगुवाईमा वर्ल्ड फुड इन्डिया २०२५ मा सहभागिता
Regional

वाणिज्य तथा उद्योग विभागको अगुवाईमा वर्ल्ड फुड इन्डिया २०२५ मा सहभागिता

CliQ INDIA
Last updated: September 29, 2025 7:45 am
CliQ INDIA
Share
2 Min Read
SHARE

गान्तोक, 28 सेप्टेम्बर (हि.स.)। सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागले वर्ल्ड फुड इन्डिया २०२५ मा आफ्नो प्रभावकारी सहभागिता सफलतापूर्वक सम्पन्न गरेको छ। राज्यको प्रतिनिधित्व गर्दै दिपेन सुब्बा (ओएसडी), हेमन्त खतीवडा र चम्पा शर्मा (संयुक्त सचिवहरू), पेमा साङ्मो भोटिया (संयुक्त निर्देशक, डीएचएच) साथै ३७ उद्यमी र विभागका ७ जना कर्मचारीहरूले २५ देखि २८ सेप्टेम्बर २०२५ सम्म नयाँ दिल्लीको भरत मण्डपममा आयोजित कार्यक्रममा सहभागिता जनाए।

यस कार्यक्रममा सिक्किमका उद्यमीहरूले आफ्ना उत्पादनहरूलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्राप्त गरे। प्रदर्शनको तेस्रो दिनमा वाणिज्य तथा उद्योग विभागकी सचिव कर्मा डी. योत्सोले सिक्किमको प्रदर्शनी स्थलको अवलोकन गरिन्। उनले उपस्थित ३७ जना उद्यमीहरूसँग व्यक्तिगत रुपमा भेटघाट गर्दै आत्मविश्वासका साथ उत्पादनहरू प्रस्तुत गर्न प्रेरणा दिइन्, तिनका व्यवसायिक आकांक्षाबारे छलफल गरिन् र मूल्यवान् मार्गदर्शन प्रदान गरिन्।

उनको उपस्थिति उद्यमीहरूको मनोबल बढाउने मात्र नभई विभागले स्थानीय उद्यमीहरूलाई अन्तरराष्ट्रिय स्तरसम्म पुर्‍याउने दृढ संकल्पलाई पुनः पुष्टि गरेको विभागले आज प्रेस विज्ञप्तिमा बताएको छ।

विभाग अनुसार, सिक्किम प्रतिनिधिमण्डलको सहभागिता उत्साहजनक रह्यो र धेरै सकारात्मक परिणामहरू प्राप्त भए। धेरै उद्यमीहरूले आफ्ना उत्पादनमा ठूलो चासो देखिएको तथा सम्भावित खरिदकर्ता र साझेदारहरूसँग महत्वपूर्ण सम्पर्क स्थापित भएको जानकारी दिएका छन्।

उद्यमीहरूले यस्तो अवसर प्रदान गरेकोमा राज्य सरकार र वाणिज्य तथा उद्योग विभागप्रति गहिरो आभार व्यक्त गरेका छन्। उनीहरूले यस प्रदर्शनीलाई आफ्नो बजार विस्तार, सञ्जाल निर्माण तथा राष्ट्रिय र अन्तरराष्ट्रिय खाद्य उद्योगमा सिक्किमको उपस्थिति मजबुत बनाउनको लागि महत्वपूर्ण कदम भएको बताएका छन्।

विभागले उद्यमीहरूको निरन्तर समर्थन गर्ने र ठूला बजार प्लेटफर्महरूसम्म पहुँच दिलाउने प्रतिबद्धता जनाउँदै सिक्किमको वैश्विक खाद्य क्षेत्रमा उपस्थितिलाई अझ सबल बनाउन योगदान दिने बताएको छ।

हिन्दुस्थान समाचार / बिशाल

You Might Also Like

ड्रग्सको साथमा एक तस्कर पक्राउ
दासपुरमा कृष्णमन्दिरको ताला तोड़ेर चोरी
बेगुसरायमा युवकको गोली हानेर हत्या
रेंगमा रिजर्भ फरेस्टबाट दुई हजार परिवारको हुनेछ बेदखली, असम सरकारको महत्वपूर्ण कारबाही
नगड़ीमा व्यक्तिको शव भेटियो – Hindusthan Samachar Nepali

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article देशमा गजवा हिन्द स्वीकार्य छैन, उपद्रव गर्नेहरूलाई स्वर्गको टिकट दिइनेछः सीएम योगी
Next Article मैदानमै पनि अपरेसन सिन्दूर… पीएम मोदीले टिम इन्डियालाई एसिया कप जितेकोमा बधाई दिए
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?