कामरूप (असम), 20 अगस्त (हि.स.)। लभ जिहादकी शिकार बन्न पुगेकी असमको लखिमपुर जिल्ला अधिनस्थ नारायणपुरको हावाजान निवासी एक जना किशोरीलाई रंगियाबाट पुलिसले उद्धार गरेको छ। पुलिसले यस मामिलामा आरोपी युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवकको पहिचान कइँया क्षेत्रको धुहिर निवासी नबिदुल इस्लामको रूपमा गरिएको छ।
पुलिस अनुसार हावाजान निवासी एक जना नाबालिक किशोर बितेको सोमवार अचानक बेपत्ता भई। किशोरीको परिवारले यस सम्बन्धमा धलपुर पुलिस चौकीमा प्राथमिकी दर्ता गरायो। उक्त प्राथमिकीको आधारमा पुलिसले जाँच कार्य शुरू गऱ्यो अनि यसै क्रममा किशोरी रंगियामा रहेको सूचना प्राप्त भयो। रंगिया पुलिसले तत्काल कारबाही गर्दै किशोरीलाई उद्धार गऱ्यो। यस अवधि आरोपी युवक नबिदुल इस्लामलाई पक्राउ गरियो। आरोपी युवकले किशोरीलाई फकाई-फुस्लाई भगाएको थियो। पुलिसले मामिलागो अग्रिम जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
