मिरिक, 22 जनवरी (हि.स.)। श्रीराम जन्मभूमिमा निर्माण भइरहेको नयाँ मन्दिरको भुँईतलाको गर्भगृहमा भगवान् श्री रामको बालस्वरूपको नयाँ मुर्तिको प्राण प्रतिष्ठाको अवसरमा सोमवार सौरेनी अनि मिरिकको वातावरण भक्तिमय बन्यो। सोमवार दिनभरि नै मानिसहरूलाई भगवान श्रीरामको नाम जप्दै भजन किर्तन गरिरहेको देखियो।
सबैले उत्साहका साथ प्राण प्रतिष्ठाको समय जय श्री रामको नारा लगाइरहेका थिए। सौरेनीमा मनाकामेश्वर धाम सञ्चालन समितिको आयोजनामा मनाकामेश्वर मन्दिरमा दिनभरि नै पूजा अर्चना गरियो। पूजा अर्चनाको साथमा उत्सव स्वरूप शोभा यात्रा निकालियो। जसले सौरेनी बजार, हल्लने आदि क्षेत्रको भ्रमण गऱ्यो।
शोभा यात्रामा भक्तहरूले जय श्री रामको नारा लगाउनका साथै नाँचगान गरेका थिए। मन्दिर सञ्चालन समितिका सुनिल प्रधान अनि आदित्य प्रधानले सोमबार भारतवासीको लागि एउटा ऐतिहासिक दिन रहेको र लामो प्रतीक्षापछि आयोध्यामा भगवान श्री राम विराजमान भएको बताए। उनले गौरवको यो क्षणमा उत्सव मनाउन सोमवार सौरेनीमा धार्मिक अनुष्ठानको साथमा शोभायात्रा निकालिएको उनीहरूले बताए।
हिन्दुस्थान समाचार/हनोक
