कोलकाता, 20 अक्टूबर (हि.स.)। पश्चिम बंगाल सरकारले राज्यमा उत्कृष्ट दुर्गा पूजा गर्ने आयोजकहरूलाई सम्मानित एवं पुरस्कृत गर्ने क्रम 2013 देखि जारी राखेको छ। अब पश्चिम बंगालका राज्यपाल डा. सीवी आनन्द बोसले पनि यस्तै गर्ने भएका छन्।
राजभवन अनुसार, सर्वश्रेष्ठ दुर्गा पूजा आयोजकहरूलाई राजभवनद्वारा पॉंच लाख रूपियॉं पुरस्कार प्रदान गरिने छ। राज्यपालले बेस्ट दुर्गा पूजा पण्डाललाई पॉंच लाख रूपियॉं ‘बंगालियाना अवार्ड’ दिने निर्णय लिएका छन्। विजया दशमीको दिन उक्त सम्मान प्रदान गरिने छ।
राजभवनले पूजा आयोजकहरूलाई आवेदन पठाउन अनुरोध गरिएको छ। यसको निम्ति राजभवनले ई-मेल आईडी पनि जारी गरेको छ। ई-मेल आईडी [email protected] रहेको छ।
हिन्दुस्थान समाचार/भवानी
