कोलकाता, 20 अगस्त (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बुधवार देशका पूर्व प्रधानमन्त्री राजीव गान्धीको जयन्तीमा उनलाई श्रद्धाञ्जली अर्पण गरिन्। उनले सोशल मीडिया मञ्च ‘एक्स’ (पूर्वमा ट्विटर)-मा आफ्नो सन्देश लेखिन्, भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीलाई उनको जयन्तीमा भावपूर्ण नमन।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा राजीव गान्धीको योगदानलाई सम्झदैँ उनलाई भारतको आधुनिक सोच अनि तकनिकी प्रगतिको मार्ग प्रशस्त गर्ने नेता बताए। ममता ब्यनर्जीले यो ट्वीट राजीव गान्धीको जन्मदिवस (20 अगस्त)-को अवसरमा गरेकी छन् जसलाई देशभरि नै विभिन्न कार्यक्रम एवं श्रद्धाञ्जलीहरूको माध्यमबाट मनाइँदैछ।
स्मरण गराइन्छ, राजीव गान्धी 1984-देखि 1989 सालसम्म भारतको प्रधानमन्त्री रहे। उनलाई देशमा सूचना प्रौद्योगिकी एवं दूरसंचार क्रान्तिको आधार राखेकोमा श्रेय दिइन्छ। उनको जनमदिवसलाई “सद्भावना दिवस”- को रूपमा पनि मनाइन्छ जसमा राष्ट्रिय एकता, शान्ति एवं सद्भावको सन्देशलाई प्रमुखता दिइन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
