मालदह, 09 सेप्टेम्बर (हि. स.)। केन्द्रिय गृहमन्त्री अमित शाहको विरोधमा प्रदर्शन गर्दै गर्दा गुरूदेव रवीन्द्रनाथ टैगोरलाई अपमान गरेको आरोप तृणमूल छात्र परिषद (टीएमसीपी)-का एक जना सदस्यमाथि लागेको थियो। मामिला सल्किँदै गएपछि तृणमूल कंग्रेसले कड़ा कदम उठाएको छ। मालदहको चाचल कजेलको टीएमसीपी एकालाई भंग गर्दै आरोपी छात्र ए. बी. सोयेललाई संगठनबाट निष्कासित गरियो।
गए सोमवार अपरान्ह तृणमूल छात्र परिषदका प्रदेश अध्यक्ष तृणांकुर भट्टचार्यले एक आधिकारिक विज्ञप्ति जारी गरी यस निर्णयको घोषणा गरेका हुन्। विज्ञप्तिमा स्पष्ट रूपमा भनिएको छ, विश्वकवि रवीन्द्रनाथ टैगोरप्रति असम्मानजनक टिप्पणीलाई कुनै पनि परिस्थितिमा सहन गरिनेछैन। यो
घटना केही दिनपूर्व चाँचल कलेजमा भएको थियो। यहाँ भाजपाको विरोधमा प्रदर्शन गर्दै गर्दा अमित शाहको पोस्टर जलाइयो। यसबीच टीएमसीपी सदस्य ए.बी. सोयेलले टैगोरको पोस्टर जलाएको आरोप लागेको छ। यसलाई लिएर गए सोमवार भाजपाले कोलकाताको सड़कमा शुभेन्दु अधिकारीको नेतृत्वमा विरोध मार्च निकाले।
मामिलामाथि प्रतिक्रिया व्यक्त गर्दै तृणांकुर भट्टचार्यले भने, हामी देशका महान विभूति, संस्कृति एवं परम्पराहरूप्रति सदैव श्रद्घशील रहिआएका छौं। संगठनको नीति र मूल्य विरूद्ध जाने कुनै पनि कदमलाई सहन गरिनेछैन। बंगालका हित एवं भाजपाको विभाजनकारी राजनीति विरूद्ध हाम्रो लड़ाईँ जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
