
आइजोल, 14 जनवरी (हि.स.)। असम राइफल्सले मिजोरममा भारी मात्रामा हेरोइन र विदेशी विगरेट जफत गरेको छ। असम राइफल्सका सूत्रहरू अनुसार, गुप्त सूचनाको आधारमा दुई भिन्न भिन्नै छापामा चाम्पाई जिल्लाबाट मादक पदार्थ जफत गरिएको छ।
लालरिन डिकी नामक एक महिलाबाट हेरोइनले भरिएको 52 साबुनदानी जफत गरिएको छ। असम राइफल्सले प्लास्टिकको साबुनदानीबाट कुल 628 ग्राम हेरोइन जफत गरेको छ। जफत गरिएको हेरोइनको दाम 4 करोड 39 लाख 60 हजार रूपियॉं बताइएको छ। पक्रा पर्ने महिलाको घर चाम्पाई जिल्लाको जोखाथर बताइएको छ।
यस्तै एउटा अन्य अभियानमा असम राइफल्सले चाम्पाई जिल्लाबाट विदेशी सिगरेटको 95 कार्टून जफत गरेको छ। असम राइफल्सका एक सूत्रले भने, जफत गरिएको सिगरेटको दाम लगभग एक करोड 23 लाख 50 हजार रूपियॉं रहेको छ। हेरोइन र महिलालाई चाम्पाई पुलिसकहॉं सुम्पिएको छ भने सिगरेट आबकारी विभागलाई सुम्पिएको छ।
हिन्दुस्थान समाचार/भवानी
