गान्तोक, 03 दिसम्बर (हि.स.)। मार्तम रुम्तेक निर्वाचन क्षेत्रका धेरै जनाले विपक्षी पार्टी त्याग गर्दै एसकेएम पार्टीमा सामेल भएका छन्। आज सामेल हुनेहरूमा विशेष गरेर एसडीएफ पार्टीका अधिक समर्थकहरू रहेको दाबी गरिएको छ। उक्त निर्वाचन क्षेत्रबाट आज कूल 40 परिवार एसकेएम पार्टीमा सामेल भएको एसकेएमले प्रेस विज्ञप्तिमा बताएको छ।
एसकेएम पार्टीका सक्रिया कार्यकर्ता साइमन राई र सुवास तामाङको विशेष पहलमा आयोजित एक वृहत समावेशी कार्यक्रममा 40 परिवार एसकेएम पार्टीमा सामेल भए। अब मार्तम रूम्तेक निर्वाचन क्षेत्रमा विपक्षी पार्टीका समर्थकहरूको सङ्ख्या शून्य भएको दाबी गरिएको छ।
एसकेएममा सामेल हुनेहरूलाई अध्यक्ष राजेन बस्नेतले खदा लगाइदिएर झण्डा थमाए। अध्यक्ष बस्नेतले आफ्नो सम्बोधनमा एसकेएम पार्टी अध्यक्ष एवम् मुख्यमन्त्री प्रेमसिंह तामाङको समावेशी राजनीतिक सिद्धान्तबारे पनि प्रकाश पारे। नयाँ सामेल भएका सदस्यहरूले एसकेएम पार्टीको सरकारकालमा आफूहरू सन्तुष्ट रहेको मन्तव्य जाहेर गर्दै अबोप्रान्त दिलोज्यान दिएर क्षेत्र अनि राज्यको विकास र समृद्धिका लागि समन्वय रूपमा कार्य गर्ने प्रतिबद्धता जनाए।
हिन्दुस्थान समाचार
