नयाँ दिल्ली, 3 दिसम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी (भाजपा)- ले मध्य प्रदेश, छत्तीसगढ़ एवं राजस्थान विधानसभा चुनाउको मतगणनामा निर्णायक जित हासिल गरेकोमा यी राज्यहरूका जनता विशेष महिला र युवाहरूप्रति आभार व्यक्त गरेका छन्। प्रधानमन्त्रीले आश्वासन दिएका छन्, जनकल्याणको निम्ति हामी निरन्तर अथक परिश्रम गरिरहनेछौं। उनले तेलङ्गानाका जनतालाई पनि भाजपालाई समर्थन गरेकोमा धन्यवाद दिएका छन्।
प्रधानमन्त्रीले सोशल मीडिया प्लेटफर्म एक्समा भनेका छन्, जनता-जनार्दनलाई नमन! मध्य प्रदेश, राजस्थान औ छत्तीसगढ़को चुनाउ परिणामले भनिरहेको छ भारतका जनतालाई सुशासन र विकासको राजनीतिमाथि मात्र भरोसा छ। हामी विकसित भारतको लक्ष्यलाई हासिल गर्नका लागि अघि बढ़िरहेका छन्। हामीलाई न रोकिनु छ, न थाक्नुछ। हामीले भारतलाई विजय बनाउनुछ। आज यस दिशामा हामीले मिलेर एक सशक्त कदम उठाएका छौं। उनले भाजपा कार्यकर्ताहरूलाई पनि धन्यवाद दिँदै भने, तपाईहरू सबैले अद्भूत उदाहरण पेश गर्नु भएको छ। भाजपाको विकास अनि गरीब कल्याणका नीतिहरूलाई तपाईहरूले जसरी मानिसहरूमाझ पुऱ्याउनु भयो त्यसको जति नै प्रशंसा गरे पनि कम हुन्छ।
तेलङ्गानाका जनताबाट प्राप्त समर्थनमाथि एउटा पोस्टमा प्रधानमन्त्रीले लेखेका छन्, विगत वर्षहरूदेखि यो समर्थन बढ्दै गइरहेको छ अनि आगामी दिनमा पनि यो सिलसिला जारी रहनेछ। तेलङ्गानासित हाम्रो सम्बन्ध अटुट छ र हामी यहाँका मानिसहरूको निम्ति काम गरिरहनेछौं। उनले प्रत्येक भाजपा कार्यकर्ताको प्रयासको पनि सराहना गरेका छन्।
हिन्दुस्थान समाचार/उष्णता
