
कोलकाता, 26 दिसम्बर (हि.स.)। 2021 को विधानसभा चुनाउमा बंगालको सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसले चुनावी सल्लाहकारको रूपमा प्रसान्त किशोरको नियुक्ति गरेको थियो। अब 2024 को लोकसभा चुनाउको निम्ति बंगाल भाजपाले यही रणनीति अपनाउन गइरहेछ। भाजपाको पश्चिम बंगाल एकाईले 2024 को लोकसभा चुनाउहरूका लागि राज्यमा आफ्नो ब्याक-अफिस रणनीति लागू गर्न एक प्राइवेट एजेन्सीको सेवाहरू लिने फसेला गरेको छ।
भाजपाको प्रदेश समिति सूत्रहरू अनुसार, यसको निम्ति जार्विस टेक्नोलोजी एण्ड स्ट्रेटजी कन्सल्टिङ प्राइवेट लिमिटेडलाई नियुक्त गर्ने निर्णय लिइएको छ। यसलाई 2021 को विधानसभा चुनाउपछि यही उद्देश्यहरूका लागि प्रशान्त किशोरद्वारा स्थापित इण्डियन पोलिटिकल एक्शन कमिटी (आईप्याक) को सेवाहरू लिने सत्तारूढ़ तृणमूल कांग्रेसको जवाफ मानिन्दैछ।
भाजपा प्रदेश समितिका एक सदस्यले भने, पार्टीको राज्य एकाई र निजी एजेन्सीको कामकाजमा कुनै गतिरोध हुनेछैन जबकि केन्द्रिय नेतृत्वको दिशानिर्देशहरू अनुसार पार्टीको राज्य नेतृत्वद्वारा राजनीतिक अभियान र जमीनी स्तरको आउटरीच कार्यक्रम गरिनेछ। आउटसोर्स एजेन्सीको काम जमीनी स्तरमा र ब्याकअप अनुसन्धान गर्नु र फिलर्स दिनु हुनेछ ताकि त्यही अनुसार राजनीतिक रणनीतिहरू बनाउन सकियोस्। यद्यपि, प्रदेश भाजपा अध्यक्ष सुकान्त मजूमदारले यस घटनाक्रमलाई न त खारेज गरेका छन् न त यसको पुष्टि नै। मजूमदार अनुसार, चुनावी रणनीतिहरू आन्तरिक र गोपनीय मामिला हो, जसको प्रायः खुलासा गर्न मिल्दैन।
यसबीच पार्टीको भित्री सूत्र अनुसार, प्रारम्भिक योजना अनुसार परामर्श एजेन्सीले न केवल कोलकाताबाट काम गर्नेछ तर राज्यका विभिन्न जिल्लाहरूमा पनि क्याम्प कार्यालय स्थापित गर्नेछ।
हिन्दुस्थान समाचार/भवानी
