कोलकाता, 22 नोभेम्बर (हि.स.)। पश्चिम बंगालको राजधानी कोलकाता लगायत सम्पूर्ण राज्यमा मौसम बिस्तारै सामान्य बनिरहेको छ। गत हप्ता चक्रवातका कारण पानी परेपछि बिस्तारै राज्यमा सबै ठाउॅंहरूमा जाडो बढ्न शुरू भएको छ।
मौसम विभागले बुधवर बिहान जारी गरेको रिपोर्ट अनुसार, राजधानी कोलकातामा न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस रेकर्ड गरिएको छ। यसरी नै अधिकतम तापक्रम 29.6 डिग्री सेल्सियस रेकर्ड गरिएको छ, जुन सामान्य हो।
कोलकाता लगायत हावड़ा, हुगली, उत्तर र दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरुलिया, बांकुरा, मुर्शिदाबाद, मालदा र झारग्राममा पनि जाडो शुरू भएको छ। उत्तर बंगालको अलीपुरद्वार, कूचबिहार, जलपाइगढी, दार्जीलिङ र कालेबुङमा पनि जाडो शुरू भइसकेको छ।
हिन्दुस्थान समाचार/भवानी
