नयाँ दिल्ली, 7 नोभेम्बर (हि.स.)। मङ्गलवार बिहान दिल्ली-एनसीआरको प्रदूषण स्तरमा केही ह्रास आएको छ। वायु गुणवत्ता सूचकाङ्क (एक्यूआई) 400 देखि तल दर्ता गरियो। अर्थात प्रदूषणको स्तर आज गम्भीर श्रेणीदेखि घटेर अत्यन्त खराब श्रेणीमा दर्ता गरिएको छ।
केन्द्रिय प्रदूषण नियन्त्रण बोर्ड अनुसार राष्ट्रिय राजधानीमा वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) 394 दर्ता गरिएको छ भने गए सोमवार यहाँको एक्यूआई 421 दर्ता गरिएको थियो। यसरी नै आज एनसीआर क्षेत्रको गुरूग्राममा एक्यूआई 364, फरिदाबादमा 382 , गाजियाबादमा 338, नोएडामा 348, ग्रेटर नोएडामा 439 दर्ता गरिएको छ।
पृथ्वी विज्ञान मन्त्रालय अनुसार दिल्ली एवं वरपरका क्षेत्रहरूमा आगामी 5-6 दिनसम्म वायुको गुणस्तर गम्भीर स्तरमा रहने आशङ्का छ। उल्लेखनीय छ, दिल्ली-एनसीआरमा वायु प्रदूषणको सामना गर्नको लागि केन्द्र सरकारको ग्रेडेड रेस्पन्स एक्शन प्लान अर्थात ग्र्यापको चरण चार अन्तर्गत आवश्यक सबै कठोर प्रतिबन्धहरूलाई समेत लागू गरिएको छ। यसान्तर्गत सरकारले आगामी 10 नोभेम्बरसम्मको लागि स्कूलहरू बन्द गरिदिएको छ, आगामी 13 नोभेम्बरदेखि अड-इभन लागू गर्ने फसेला लिइएको छ।
हिन्दुस्थान समाचार/उष्णता
