नयॉं दिल्ली, 20 अगस्त (हि.स.)। राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) द्वारा घोषित उपराष्ट्रपति पदका उम्मेदवार सीपी राधाकृष्णनले बुधवार बिहान 11 बजी नामाङ्कन बुझाउने छन्। यस अवधि प्रधानमन्त्री नरेन्द्र मोदी लगायत केन्द्रिय मन्त्री र एनडीए शासित राज्यका मुख्यमन्त्री र उप मुख्यमन्त्रीहरू उपस्थित रहनेछन्।
सीपी राधाकृष्णनको नामाङ्कनमा प्रधानमन्त्री मोदी स्वयं प्रस्तावक बन्नेछन्। यस अघि मंगलवार संसद भवनमा आयोजित एनडीए संसदीय दलको बैठकमा प्रधानमन्त्री मोदीले राधाकृष्णनलाई गठबन्धनका सांसदहरूसॅंग परिचय गराए र समर्थनको लागि अपील गरे।
विपक्षी इण्डी गठनबन्धनले उपराष्ट्रपति पदको लागि बी. सुदर्शन रेड्डीको नाम घोषणा गरेको छ। उनले 21 अगस्तमा नामाङ्कन बुझाउने छन्। बी सुदर्शन रेड्डी आन्ध्र प्रदेश हाई कोर्टका न्यायाधीश र गुवाहाटी हाई कोर्टका मुख्य न्यायाधीश रहिसकेका छन्। उनी 2011 मा उच्चतम न्यायालयबाट रिटायर भएका थिए।
उल्लेखनीय छ, उपराष्ट्रपति पदबाट जगदीप धनखडले राजीनामा दिएपछि चुनाउ आयोगले यस चुनाउको लागि 7 अगस्तमा अधिसूचना जारी गरेको थियो। उपराष्ट्रपति पदको लागि संसद भवनमा 9 सेप्टेम्बरमा चुनाउ हुनेछ र सोही दिन परिणाम घोषित हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी
