गुवाहाटी, 05 सेप्टेम्बर (हि.स.)। डिमोरिया़ सम जिल्ला अन्तर्गत सोनापुर राजस्व चक्रका विभिन्न स्थानहरूमा आबकारी विभागले अभियान चलाउँदै भारी मात्रामा अवैध अंग्रेजी मदिरा सहित चारजना तस्करहरूलाई पक्राउ गरेको छ।
आबकारी विभागले आज बताएको छ, गए बिहीवार खेत्री पुलिस थाना अन्तर्गत मालयबारी, पूर्व मालयबारी तथा दुरूंगका चार वटा पसलहरूबाट अवैध रूपमा बेचिरहेको प्रचुर मात्रामा विदेशी मदिरा सहित दुरूंगबाट मृदुल मण्डल, पूर्व मालयबारीबाट कविन्द्र कर, विभूति सरकार एवं हिरापारबाट अमल बोडो नामक चार जना मानिसहरूलाई पक्राउ गरियो।
उल्लेखनीय छ, वर्तमान समयमा पनि डिमोरियाका विभिन्न भागहरूमा अवस्थित पानको पसल, गल्लामाल पस आदिलमा अवैध रूपमा मदिरा बिक्री भइरहेको आरोप लगाइएको छ जसले गर्दा क्षेत्रको सामाजिक माहोल बिग्रिरहेको छ। यस्ता अवैध मदिराका अड्डाहरूलाई चाँड़ोभन्दा चाँड़ो हटाउने स्थानीय मानिसहरूले माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
