
कोलकाता, 21 दिसम्बर (हि.स.)। कलकत्ता उच्च न्यायालयकी न्यायाधीश अमृता सिन्हाकी पतिले बुधवार राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीसॅंग राज्य पुलिसको सीआईडीमाथि आफ्नै पत्नी विरूद्ध बयान दिन दबाउ दिइरहेको आरोप लगाएका छन्। प्रताप चन्द्र डेले केन्द्रिय कानुन मन्त्री अर्जुन मेघवाल, पश्चिम बंगालका राज्यपाल सीवी आनन्द बोस र मुख्यमन्त्री ममता ब्यानर्जीसॅंग पनि शिकायत गरेका छन्। डे स्वयं पनि कलकत्ता उच्च न्यायालयका एक वरिष्ठ अधिवक्ता हुन्।
यस अघि डेले बार एसोसिएशनमा पनि यस्तै प्रकारको शिकायत दर्ता गराएका थिए। डेले सीआईडीमाथि उनलाई एउटा मामिलामा गवाहको रूपमा बोलाएको र पछि आफ्नै पत्नी विरूद्ध बयान दिन दबाउ दिइरहेको आरोप लगाएका छन्। पश्चिम बंगालमा स्कूलमा नोकरीको निम्ति अभ्यार्थीहरूबाट करोड़ौं रूपियॉं उठाएको, विशेष रूपमा एउटा करपोरेट एकाईको निदेशकको सम्पत्तिसॅंग सम्बन्धित मामिला, जसको नाम कथित स्कूल नोकरी घोटालाको केन्द्रिय एजेन्सीको जॉंचमा अघि आएको थियो, उक्त मामिलाको सुनवाई अहिले न्यायमूर्तिको बेन्चले गरिरहेको छ।
डेको दाबी अनुसार, सीआईडीले उनलाई दुईपल्ट बोलायो र सीआईडी कार्यालयमा नौ घण्टाभन्दा धेरै समयसम्म प्रतीक्षा गराइयो। डेले आफ्नो मोबाइल फोन जमा गर्न सीआईडीको निर्देश नमानेको र यसको साटो एजेन्सीलाई पत्र दिएको बताइएको छ। डेले उनकी पत्नी विरूद्ध बयान दिन दबाउ दिइरहेको आरोप लगाउॅंदै यसको निम्ति लोभलाग्दो प्रस्ताव गरिएको दाबी गरेका छन्।
अर्कोतिर, सीआईडीको शिकायतमा सुप्रीम कोर्टको निर्देशपछि पनि डेले यस मामिलामा जॉंचमा सहयोग नगरेको आरोप लगाएको छ।
हिन्दुस्थान समाचार/भवानी
