
नयाँ दिल्ली, 21 दिसम्बर (हि.स.)। संसदको सुरक्षामा चूक एवं सांसदहरूको निलम्बनको विरोधमा विपक्षी दलहरूका सांसदहरूले बिहीवार विरोध मार्च निकाले।
आज बिहान सबै आईएनडीआईए घटक दलहरूका सांसदहरूले संसद भवन परिसरदेखि विजय चौकसम्म विरोध मार्च निकाले। यस अवधि विपक्षी सांसदहरूले माग गरे, केन्द्रिय गृहमन्त्री अमित शाहले संसदका दुवै सदनमा सुरक्षा चूक मुद्दामा जवाफ दिनुपर्छ अनि सबै निलम्बित सांसदहरूको निलम्बन फिर्ता लिनुपर्छ।
विरोध मार्चमा सामेल भएका कंग्रेस सांसद गौरव गोगोईले भने, मोदी सरकारले संसदलाई विपक्ष विहीन बनाएको छ। संसदको सुरक्षा गम्भीर मुद्दा हुँदाहुँदै पनि गृहमन्त्रीले यस मुद्दामा सदनमा जवाफ दिरहेका छैनन्। विपक्षको आवाजलाई दबाइँदैछ। यस अवस्थामा आईएनडीआईए घटकका दलहरू एकसाथ छन्। हामी लोकतन्त्रलाई बचाउने लड़ाईँलाई संसददेखि सड़कसम्म जारी राख्नेछौं।
उल्लेखनीय छ, संसदको सुरक्षामा भएको चूकको मुद्दामा विपक्षले माग गरिरहेको छ, संसदका दुवै सदनमा गृहमन्त्रीले जवाफ दिउन्। यस मागलाई लिएऱ दुवै सदनमा विपक्षका कतिपय सांसदहरूले असंसदीय आचरण अप्नाएका कारण दुवै सदनबाट विपक्षका 143 सांसदहरूलाई निलम्बन गरिएको छ। यसै निलम्बन र सुरक्षा चूक मुद्दामा विपक्षले कंग्रेसको नेतृत्वमा आज विरोध मार्च निकालेको हो।
हिन्दुस्थान समाचार/ उष्णता
