• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > आयुर्वेद आत्माको समेत शुद्धिकरण गर्ने सम्पूर्ण चिकित्सा पद्धति हो: मुख्यमन्त्री
Regional

आयुर्वेद आत्माको समेत शुद्धिकरण गर्ने सम्पूर्ण चिकित्सा पद्धति हो: मुख्यमन्त्री

CliQ INDIA
Last updated: September 24, 2025 12:56 am
CliQ INDIA
Share
4 Min Read
SHARE

गान्तोक, 23 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले 10औं आयुर्वेद दिवसको अवसरमा स्वास्थ्य र उपचारका दिव्य प्रतीक भगवान् धन्वन्तरीलाई नमन् गर्दै सबैमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले आयुर्वेद केवल शरीरको उपचार गर्ने प्रणाली होइन, यो आत्माको समेत शुद्धिकरण गर्ने सम्पूर्ण चिकित्सा पद्धति हो भनी बताएका छन्।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा भने, य‍ो हामी सबैका लागि गर्वको कुरा हो। सिक्किममा अब पूर्ण रूपमा स्वतन्त्र (आयुष) विभाग स्थापना भएको छ। यस ऐतिहासिक कदमले राज्यमा परम्परागत चिकित्सा प्रणालीलाई लक्षित गर्दै नीतिगतरूपमा पर्याप्त स्रोतसाधन र व्यवस्थित विकासलाई सुनिश्चित गर्नेछ।

“आयुर्वेद जनता र ग्रहका लागि” भन्ने यस वर्षको प्रमुख नारा हाम्रो दृष्टिकोणक‍ो सुन्दर प्रतिबिम्ब हो। तनाव, प्रदूषण र जीवनशैलीसँग सम्बन्धित रोगहरू बढ्दै गइरहेको यस समयमा उपचारको निम्ति आयुर्वेद आशाको किरण बनेको छ। यसले शरीर, मन र आत्माभित्र सामञ्जस्य स्थापना गर्ने, स्वास्थ्य सेवा प्रदान गर्ने अनि प्रकृतिसँग सहअस्तित्वलाई प्रोत्साहित गर्ने कार्य गर्दछ, उनले भने।

मुख्यमन्त्रीले विश्वव्यापी महामारी कोभिड-१९ को समयलाई हामीले स्मरण गर्ने हो भने त्यस समय आयुर्वेद प्रणालीले समाजमा खेलेको महत्त्वपूर्ण भूमिका उल्लेखनीय रहेको बताउॅंदै यस कुरालाई हामीले कहिल्यै पनि बिर्सन सक्दैनौँ भनेका छन्। उनले भने, सिक्किम राज्यको कुरा गर्नु हो भने राज्यले (आयुष) को लागि पहिले नै बलियो आधार तयार गरिसकेको छ। आयुष मन्त्रालयको मार्गदर्शनमा, हामीले एसटीएनएम अस्पतालमा पञ्चकर्म केन्द्र, गेजीङमा 50 पलङको (आयुष) अस्पताल तथा जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा विशेष (आयुष) शाखा स्थापना गरिसकेका छौँ। जसबाट प्रत्यक्ष लाभ जनताले उपभोग गर्न पाइरहेका छन्।

उनले सिक्किमका जनता र सरकारको तर्फबाट आयुष मन्त्रालयलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन्। यस बलियो र भरपर्दो आधारलाई अगाडि बढाउँदै हाम्रो लक्ष्य सिक्किमलाई आयुषको क्षेत्रमा एउटा आदर्श राज्य बनाउनु हो भनी बताएका छन्। उनले भने, हाम्रो समृद्ध जैविक विविधता, शुद्ध वातावरण र परम्परागत ज्ञानको उपयोगले हामी स्वास्थ्य, अनुसन्धान र मेडिकल जस्ता पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्नेछौँ।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा भने, हाम्रो लक्ष्य अनि दृष्टिकोण आयुषलाई मुख्य रूपमा स्वास्थ्य प्रणालीसँग एकीकृत गर्नु हो। यसका साथै शिक्षा र तालिमका अवसरहरू विस्तार गर्नु अनि हाम्रा युवाहरूलाई डाक्टर, चिकित्सक, अनुसन्धानकर्ता साथै औषधीय वनस्पतिका विज्ञ बन्न प्रेरित गर्ने हो। यी प्रयासहरूसँगै, म विश्वस्त छु कि सिक्किम आयुष क्षेत्रमा राष्ट्रियस्तरमा अग्रणी बन्नेछ र समग्र स्वास्थ्य सेवाका लागि विश्वस्तरीय गन्तव्य पनि बन्नेछ।

मुख्यमन्त्रीले सिक्किमका जनताको तर्फबाट देशका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, आयुष मन्त्रालय र भारत सरकारलाई हार्दिक आभार व्यक्त गरेका छन्। उनले भने, आयुषको क्षेत्रमा हामी अहिले हिँड्न सिकिरहेको एउटा शिशु सरह छौँ। यस्तो समयमा तपाईहरूको निरन्तर मार्गदर्शन, सहयोग र संरक्षण हामीलाई अत्यन्तै जरुरी छ। हामीले राज्यका विभिन्न भागहरूमा आयुर्वेदलाई पहुँचयोग्य बनाउन प्रयत्न गरिरहेका छौँ।

उनले भारत सरकारको अटूट सहयोग सदैव साथमा रहने विश्वास व्यक्त गरेका छन्। यस महान् प्रयासमा संलग्न सबै शुभेच्छुक र योगदानकर्ताहरूप्रति पनि उनले हार्दिक आभार प्रकट गरेका छन्। उनले यस महत्वपूर्ण अवसरमा सिक्किम आयुष विभागका सबै अधिकारीहरू र कर्मचारीहरूलाई शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले भने, प्राचीन परम्पराबाट प्रेरित भएर तपाईँहरूले समाजको निम्ति गर्नुभएको सेवा समर्पण र करुणा निरन्तर रहोस्। यसका साथै तपाईहरूको महान प्रयासले सबैलाई कल्याण गरोस् भन्ने कामना गर्दछु। यस पवित्र १०औँ आयुर्वेद दिवसमा, हामी सबैले आयुर्वेदलाई केवल एउटा चिकित्सा प्रणाली मात्र नभएर जीवनको शैलीका रूपमा अँगाल्ने प्रतिज्ञा गरौँ। जसले हामीलाई अझ स्वस्थ, सुखी र सामञ्जस्यपूर्ण भविष्यतर्फ अग्रसर गराउनेछ।

हिन्दुस्थान समाचार / बिशाल

You Might Also Like

अपडेटः ट्रेनले हिर्काउँदा तीन हात्ती मरे
लाचेन र लाचुङमा हेलिकप्टरद्वारा राहत सामग्री पुऱ्याइयो
पश्चिम सिक्किममा वाहन दुर्घटना, पॉंच जनाको मृत्यु | BulletsIn
भारत बन्दको समर्थनमा बंगालमा बबालः डोमजुड़ र आसनसोलमा तनाउ, केही जिल्लाहरूमा पक्राउ
मणिपुरः विभिन्न उग्रवादी संगठनहरूसित जड़ित चार सक्रिय क्याडर पक्राउ

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article राहुल गॉंधीले बेरोजगारीलाई सबैभन्दा ठूलो संकट बताए
Next Article कोलकाताः रातभरि मूसलधारे वर्षाबीच करेन्ट लागेर 5 को मृत्यु, जनजीवन अस्त-व्यस्त
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?