सिलगढ़ी, 12 दिसम्बर (हि.स)। सिलगढ़ी महकुमाको खोरीबाड़ीस्थित कल्याणपुर क्षेत्रमा भएको भयानक आगलागीमा दुई वटा घर जलेर खरानी भयो। आगो बलिरहेको देखेर स्थानीय मानिसहरूले तुरून्तै घटनास्थलमा पुगी आगोलाई निभाउनमा जुटे, तर त्यसबेलासम्ममा आगोले दुवै घरलाई आफ्नो चपेटमा लिसकेको थियो।
घरका मालिक त्यसबेला नजिकै एक कार्यक्रममा सामेल हुनका लागि गएका थिए, घरमा कोही पनि थिएन। यसै अवधि अचानक घरभित्र आगो बलिरहेको देखेर क्षेत्रमा खैलाबैलै मचियो।
सूचना पाउनसाथ नक्सलबाड़ी फायर स्टेशनबाट एउटा दमकल इञ्जिन घटनास्थलमा पुग्यो, तर त्यस अगावै दुवै घर खरानीमा परिणत भइसकेका थिए। आगलागीको कारण शर्ट सर्किट रहेको मानिँदैछ। मानिसहरूको भनाइ छ, ग्यास सिलेण्डर पड़्केर आगो द्रूत गतिमा फैलिएको हुनसक्छ। यस घटनामा जनहानि भएको समाचार छैन। घटनाको जानकारी पाएर सिलगढ़ी महकुमा परिषदकी कर्माध्यक्ष किशोरी मोहन सिंह तथा बुढ़ागञ्जकी प्रधान अनिता राय घटनास्थलमा पुगे। दुवैले प्रशासनको पक्षबाट हरसम्भव सहायता दिने आश्वासन दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
