चण्डीगढ़, 20 अगस्त (हि.स.)। हरियाणाको भिवानीमा महिला अध्यापिकाको मृत्युमा शुरू बबालपछि सरकारले यस केसको जाँच सीबीआईलाई सुम्पेको छ। मुख्यमन्त्री नायब सैनीले मंगलवार राति लगभग 2 बजी सोशल मीडिया एक्समा यसबारे जानकारी दिए। यस मामिलामा सरकारले भिवानीको एसपीको ट्रान्सफर गर्न बाहेक थाना प्रभारी समेत धेरै पुलिस कर्मीहरूलाई निलम्बित गरिसकेको छ।
अध्यापिका मनीष 11 अगस्तमा नर्सिङ कलेजमा प्रवेशको निम्ति घरबाट निस्केकी थिइन् तर घर फर्किनन्। 13 अगस्तमा सिंघानी गाउँको खेतहरूमा उसको शव भेटियो। 14 अगस्तमा पोस्टमार्टममा उसको गला काटेको भेटाइयो तर रेपको पुष्टि भएन। तबदेखि परिजन तथा ग्रामीणहरूले धरना दिइरहेका छन् र अहिलेसम्म उसको अन्तिम संस्कार भएको छैन। प्रदेश सरकारद्वारा भिवानीमा 21 अगस्तसम्म इन्टरनेट बन्द गरिएको छ।
पुलिसले यसलाई आत्महत्याको मामिला मानिरहेको छ। यस बबालबीच अहिलेसम्म मनीषको अन्तिम संस्कार गरिएको छैन। हजारौंको संख्यामा मानिसहरूले ठाउँ-ठाउँ धरना दिइरहेका छन्। रातभरि हरियाणा सरकारका वरिष्ठ अधिकारीहरू तथा मनीषाका परिजनहरूबीच बैठक चलिरह्यो। परिवारको मागमा प्रशासनले मनीषाको अब तेस्रो पल्ट एम्समा पोस्टमार्टम गराउन राजी भएको छ।
बुधवार बिहान गाउँमा भएको कमिटीको मीटिङमा फसेला लिइयो कि पहिले एम्सका डाक्टरले मनीषको नमूना लिउन्, त्यसपछि नै शव उठाउनेछ। मनीषाका बाबू संजयले भने, यदि सरकारले हाम्रो मागहरू माने हामी धरना समाप्त गर्नेछौं। यस अवधि उनले आफ्नो समर्थनमा खड़ा मानिसहरूप्रति पनि धन्यवाद व्यक्त गरे। साथै उनले स्पष्ट गरे कि उनीमाथि कुनै प्रकारको दबाव छैन।
हिन्दुस्थान समाचार / भवानी थामी
