
नयाँ दिल्ली, 14 जनवरी (हि.स.)। महाराष्ट्र कंग्रेसका प्रभावशाली नेता मिलिन्द देवड़ाले आज पार्टीको प्राथमिक सदस्यताबाट राजीनामा दिए। उनी पूर्व कंग्रेस अध्यक्ष राहुल गान्धीको नजिकमा थिए। राहुलको ‘भारत जोड़ो यात्रा’- शुरू हुन केही दिनअघि मात्र मिलिन्द देवड़ाले यो घोषणा गरेर राजनीतिक पर्यवेक्षकहरूलाई चकित पारेका छन्।
मिलिन्द देवड़ाले एक्स ह्याण्डलमा आफ्नो राजनीतिक जीवनको सबैभन्दा महत्वपूर्ण फसेलालाई साझा गरेका छन्। उनले लेखेका छन्- ”” आज मेरो राजनीतिक यात्राको एक महत्वपूर्ण अध्यायको समापन भयो। मैले कंग्रेसको प्राथमिक सदस्यताब। मैंने कांग्रेस की प्राथमिकट त्यागपत्र दिएको छु। पार्टीसितको मेरो परिवारको 55 वर्ष पुरानो सम्बन्ध सिद्धियो।”” मिलिन्दले वर्षौंसम्म अटुट समर्थन दिने सबै नेता, सहकर्मी एवं कार्यकर्ताहरूप्रति आभार व्यक्त गरेका छन्। पूर्व केन्द्रियमन्त्री मिलिन्द देवड़ाका पिता मुरली देवड़ा पनि केन्द्रियमन्त्री हुनका साथै मुम्बई कंग्रेसका अध्यक्ष रहिसकेका छन्।
हिन्दुस्थान समाचार/उष्णता
