नयाँ दिल्ली, 11 जुलाई (हि.स.)। केन्द्र सरकारमा रेल, सूचना प्रसारण, इलेक्ट्रोनिक्स एवं सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवका पिता दाऊलाल जी वैष्णवको निधनमा राष्ट्रिय स्वयंसेवक संघका सरकार्यवाह दत्तात्रेय होसबाले, सह सरकार्यवाह अरुण कुमार, अखिल भारतीय प्रचार प्रमुख सुनील आम्बेकर तथा भारतीय जनता पार्टीका नेताहरू, केन्द्रिय मन्त्रीहरू, विभिन्न राज्यहरूका मुख्यमन्त्रीहरू आदिले आज भावपूर्ण श्रद्धाञ्जलि अर्पित गरे।
राजधानीको लोधी रोड स्थित चिन्मय मिशनमा आज पूर्वाह्न आयोजित प्रार्थना सभामा सरकार्यवाह दत्तात्रेय होसबाले, सह सरकार्यवाह अरुण कुमार, अखिल भारतीय प्रचार प्रमुख सुनील आम्बेकर, अखिल भारतीय सह प्रचार प्रमुख नरेन्द्र ठाकुरले स्वर्गीय दाऊलाल जी वैष्णवको तस्वीरमा पुष्पाञ्जलि अर्पित गरे औं ईश्वरसित दिवंगत आत्माको सद्गति र परिवार जनहरूलाई बल एवं धैर्य प्रदान गर्ने प्रार्थना गरे।
श्रद्धाञ्जलि दिनेहरूमा र रक्षा मन्त्री राजनाथ सिंह, भाजपाका उपाध्यक्ष वसुन्धरा राजे, भाजपाका महासचिव अरुण सिंह एवं तरुण चुघ, भाजपाका राष्ट्रिय सह संगठन महामन्त्री शिवप्रकाश, केन्द्रिय मन्त्री ज्योतिरादित्य सिन्धिया, पीयूष गोयल, ओडिशाका मुख्यमन्त्री मोहन चरण मांझी, मध्य प्रदेश विधानसभाका अध्यक्ष नरेन्द्र सिंह तोमर, मध्य प्रदेश भाजपाका अध्यक्ष हेमन्त खन्डेलवाल, दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता, मन्त्री प्रवेश वर्मा, नयाँ दिल्लीकी सांसद बांसुरी स्वराज, सांसद मनोज तिवारी, दिल्ली भाजपा प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवा, राष्ट्रवादी कांग्रेस पार्टीकी सांसद सुप्रिया सुले आदि सामेल थिए।
स्वर्गीय दाऊलाल जी वैष्णवको 08 जुलाईमा जोधपुरमा अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा निधन भएको थियो। उनको आयु 81 वर्ष थियो। उनी केही समयदेखि बिरामी थिए। उनका जेठा छोरा अश्विनी वैष्णवले 08 जुलाईमा जोधपुरमा उनको अन्तिम संस्कार गरेका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी
