• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > बंगालमा भाजपा सांसद खगेन मुर्मू र विधायक शंकर घोषमाथि भएको आक्रमण प्रकरणमा दुई जना पक्राउ
National

बंगालमा भाजपा सांसद खगेन मुर्मू र विधायक शंकर घोषमाथि भएको आक्रमण प्रकरणमा दुई जना पक्राउ

CliQ INDIA
Last updated: October 9, 2025 7:55 pm
CliQ INDIA
Share
3 Min Read
SHARE

कोलकाता, ०९ अक्टोबर (हि.स.)। पश्चिम बंगालको जलपाइगढ़ी जिल्लाको नगरकाटा क्षेत्रमा भाजपा सांसद खगेन मुर्मू र सिलगढ़ीका विधायक शंकर घोषमाथि भएको आक्रमण प्रकरणमा पुलिसले दुई जना अभियुक्तलाई पक्राउ गरेको छ। यो घटनासम्बन्धी गरिएको पहिलो कारबाही हो।

पुलिसका अनुसार, पक्राउ परेका व्यक्तिहरूको पहिचान अकमरल हक र गोविन्द शर्मा भनेर गरिएको छ। एक व्यक्तिलाई नगरकाटाबाट र अर्को व्यक्तिलाई जयगाउँबाट पक्राउ गरिएको हो। दुबै जना सोमबार भएको ढुंगामुढा र आक्रमणमा संलग्न भएको आरोप छ।

जिल्लाका अतिरिक्त पुलिस अधीक्षक समीर अहमदले बिहिबार बिहान दुबै जनाको पक्राउको पुष्टि गरे। उनले भने, बाँकी संलग्नहरूको खोजी जारी छ। सोमबार सांसद खगेन मुर्मू र विधायक शंकर घोष बाढी प्रभावित क्षेत्रको राहत कार्य अवलोकन गर्न पुगेका थिए। त्यही बेला तृणमूलसँग सम्बन्धित समूहले उनीहरू माथि ढुंगामुढा गरी आक्रमण गरेको आरोप छ। भाजपाले यस घटनाको जिम्मेवारी सत्तारूढ तृणमूल कांग्रेस (टीएमसी) माथि लगाएको छ।

भाजपा प्रवक्ता अमित मालव्याले एक्स (पूर्व ट्विटर) मा लेखे, “बंगालमा टीएमसीको जंगलराज चरममा पुगेको छ। हाम्रा वरिष्ठ आदिवासी नेता तथा दुई पटकका सांसद खगेन मुर्मूमाथि बाढी पीडितको सहयोग गर्न जाँदै गर्दा आक्रमण भएको हो। यो राज्यको भयावह कानून-व्यवस्थाको उदाहरण हो।”

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उक्त आक्रमणको निन्दा गर्दै यसलाई “निन्दनीय” बताएका छन्। उनले भने, “राज्यमा कानून-व्यवस्थाको स्थिति अत्यन्त दयनीय छ। हाम्रो पार्टीका सांसद र विधायकमाथिको आक्रमणले देखाउँछ कि टीएमसी सरकार जनसेवामा लागेका नेताहरूविरुद्ध हिंसा प्रयोग गर्दैछ। म राज्य सरकारलाई हिंसा त्यागी राहत कार्यमा ध्यान दिन आग्रह गर्दछु।”

यसैबीच, मुख्यमन्त्री ममता ब्यानर्जी मंगलबार सिलगढ़ीको एक निजी अस्पतालमा उपचाररत सांसद खगेन मुर्मूलाई भेट्न पुगेकी थिइन्। मुर्मू मालदह उत्तर लोकसभा क्षेत्रका सांसद हुन्। मुख्यमन्त्रीले चिकित्सकहरूसँग उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिई राज्य सरकारको तर्फबाट सबै किसिमको सहयोगको आश्वासन दिइन्। ममताले भनिन्, “मैले सबै जानकारी लिएकी छु। उनको सुगर लेवल धेरै उच्च छ, यसलाई नियन्त्रणमा राख्नुपर्छ। मैले उनलाई छिट्टै स्वास्थ्यलाभको शुभकामना दिएकी छु।”

त्यसै दिन, भाजपा विधायक मनोज कुमार ओरांवमाथि पनि उनी रहेको कुमारग्राम क्षेत्रमै आक्रमण भएको थियो। भाजपाका अनुसार, टीएमसी कार्यकर्ताहरूले ओरांवमाथि बाढी पीडितहरूलाई राहत वितरण गर्दै गर्दा हमला गरेका थिए। उनलाई गम्भीर चोटपटक लागेका कारण अस्पतालमा भर्ना गरिएको छ। ओरांवले भने, “म बाढी पीडितहरूको सहायता गरिरहेको थिएँ, त्यसैबेला तृणमूलका कार्यकर्ताहरूले मलाई घेरेर आक्रमण गरे। यो टीएमसी शासनमा लोकतन्त्रको हालत हो।”

तर टीएमसीले यी सबै आरोप अस्वीकार गरेको छ। एक स्थानीय नेताले भने, “मनोज ओरांवले पहिले एक वृद्धमाथि आक्रमण गरेका थिए, त्यसको विरोधमा स्थानीयले प्रतिक्रिया दिएका हुन्। भाजपा का आरोपहरू निराधार छन्।”

भाजपाले यी घटनाको कडा निन्दा गर्दै टीएमसीमाथि “आतंकी राजनीति” को आरोप लगाएको छ। पार्टीले एक्समा लेखेको छ, “जब पनि भाजपा कार्यकर्ता उत्तर बंगालका बाढी पीडितको सहयोगमा अघि सर्छन्, टीएमसी हिंसामा उत्रिन्छ। ममता ब्यानर्जीको शासनमा जनताको पक्षमा उभिनु पनि अपराध बनेको छ।” सो पोस्टसँगै पार्टीले घाइते विधायकका तस्बिरहरू र क्षतिग्रस्त सवारी साधनका दृश्यहरू पनि साझा गरेको छ।

—————

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

प्रधानमन्त्री मोदीले रणनीतिक नर्डिक कूटनीतिक भ्रमणका क्रममा भारत नर्वे साझेदारीलाई गहिरो बनाए
इलेक्टोरल बन्डमार्फत तृणमूलको पनि भरिएको छ झोली
कृषिमन्त्री शिवराज सिंह चौहान सोमबार ओडिशाको भ्रमणमा
लोकसभा र राज्यसभाको कारबाही दिनभिको निम्ति स्थगित
सर्वदलीय बैठकमा विपक्षले उठायो देशको सुरक्षा र लोकतन्त्रको मुद्दा

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article एगरामा काली पूजापूर्व पुलिसलाई ठूलो सफलता, भारी मात्रामा अवैध पटाका जफत
Next Article सन्दकफुमा फेरि फर्कियो रमाइलोपनः मौसममा सुधार आएपछि पर्यटकहरूको लागि खोलिएको छ ट्र्याकिङ मार्ग
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?