जयपुर, 07 जनवरी (हि.स.)। राजस्थानका राज्यपाल कलराज मिश्रले आइतवार बिहान राजभवनको विश्राम गृहमा प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट गरे। यस अवसरमा राज्यपालले शल ओढ़ाएर प्रधानमन्त्रीलाई अभिनन्दन गरे अनि राजस्थानको प्रसिद्ध मीनाकारी कलाको स्मृति चिन्ह भेंट गरे। उक्त भेटावधि राज्यपालले प्रधानमन्त्रीसित राज्यको विकाससित सम्बन्धित मुद्दा अनि संवैधानिक जागरूकताका लागि गरिएका कार्यहरूमाथि चर्चा गरे।
अहिलेघरि प्रधानमन्त्री राजस्थानको तीन दिवसीय प्रवासमा छन्। यहाँ उनी पुलिस महानिदेशक-महानिरीक्षक सम्मेलनमा सामेल हुनका लागि आएका छन्। सम्मेलनको आज अन्तिम दिन हो। प्रधानमन्त्री राजभवनमा बसेका छन्। आइतवार बिहान सम्मेलनमा हुनका लागि प्रधानमन्त्री राजभवनदेखि सोझै राजस्थान इन्टरनेशनल सेन्टर पुगे। उनले अधिकारीहरूसित दिवाभोजन गरे। प्रधानमन्त्री आज लगभग 4.10 बजे दिल्ली फर्किनेछन्।
हिन्दुस्थान समाचार/उष्णता
