
मापुटो, 29 अक्टोबर (हि.स.)। भारतको केन्द्रिय पेट्रोलियम एवं प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरी अफ्रीकी देश मोजाम्बिकको यात्रामा छन्। मोजाम्बिकको राजधानी मापुटोमा उनको भव्य अनि पारम्परिक तरिकाले स्वागत गरियो।
पुरीलाई मापुटोमा पारम्परिक नृत्यद्वारा अभिनन्दन गरियो। उनले मोजाम्बिक यात्रासॅंग सम्बन्धित एउटा भिडियो शनिवार सोशियल मिडियामा साझा गरेका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा संसारभरिका देशहरूसॅंग भारतको साझेदारी लगातार बढिरहेको बताएका छन्।
दुवै देशको सम्बन्धबारे हरदीप पुरीले भने, मोजाम्बिकसॅंग भारतको मधुर र राम्रो सम्बन्ध छ। मोजाम्बिक र भारतका पश्चिमी राज्यहरूबिच व्यापारिक सम्बन्ध वर्षौं पुरानो हो। उक्त सम्बन्धहरूलाई आधुनिक समयमा अझ बलियो बनाइएको छ।
उल्लेखनीय छ, यस अघि अगस्तमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण अफ्रीकामा 15औं ब्रिक्स शिखर सम्मेलनको अवसरमा मोजाम्बिकका राष्ट्रपति फिलिप न्यूसीसॅंग बैठक गरेको थियो।
हिन्दुस्थान समाचार/बिशाल
