नयॉं दिल्ली, 23 जनवरी (हि.स.)। संस्कृति मन्त्रालयले यो वर्ष गणतन्त्र दिवसको अवसरमा कर्तव्य पथमा ‘अनन्त सूत्र- द एन्डलेस थ्रेड’ प्रदर्शनी लगाउने भएको छ। यो प्रदर्शनी गणतन्त्र दिवस परेड हेर्न बनाइएको दर्शक दीर्घाको पछाडि लगाइने छ।
अनन्त सूत्र वास्तवमा साडी परिधानको निम्ति एउटा विशेष सम्मान हो। यसमा देशका हरेक कुनाबाट आउने लगभग 1900 साडी प्रदर्शित गरिने छ, जुन कर्तव्य पथका साथै काठको फ्रेमका साथ लगाइने छ। यो प्रदर्शनीमा क्यूआर कोड पनि रहनेछ, जसलाई स्क्यान गरेर मानिसहरूले उत्पाद सम्बन्धित जानकारीहरू प्राप्त गर्न सक्नेछन्।
मंगलवार आयोजित संवाददाता सम्मेलनमा संस्कृति मन्त्रालयका संयुक्त सचिव अमिता प्रसाद भरभाईले भने, यो प्रदर्शनीमा 150 साल पुरानो साडी पनि प्रदर्शित गरिने छ। अनन्त सूत्र भारतका महिलाहरू र भारतका बुनकरहरूप्रति सम्मानमा आयोजित गरिॅंदैछ।
हिन्दुस्थान समाचार/बिशाल
