नयॉं दिल्ली, 03 अगस्त (हि.स.)। देशका विभिन्न केन्द्रहरूमा मेडिकल पीजी पाठ्यक्रममा प्रवेशको लागि पात्रता परीक्षा नीट पीजीको आयोजन आइतवार बिहान शुरू भयो। राष्ट्रिय आयुर्विज्ञान परीक्षा बोर्ड (एनबीईएमएस) द्वारा आयोजित यो परीक्षामा सफल बन्ने उम्मेदवारहरूले देशका सरकारी र निजी मेडिकल कलेजहरूमा एमडी, एमएस र पीजी डिप्लोमा कोर्समा प्रवेश पाउनेछन्। यो परीक्षामा हरेक वर्ष लाखौं संख्यामा उम्मेदवारहरू सामेल हुन्छन्।
आज बिहान 9 बजी एनबीईएमएसद्वारा आयोजित मेडिकल पीजी पाठ्यक्रमको लागि प्रवेशको पात्रता परीक्षा नीट पीजी शुरू भयो, जुन दिउॅंसो 12:30 बजी समाप्त हुनेछ। कम्प्यूटर मोडमा चलिरहेको परीक्षाको लागि बिहान 8:30 बजी परीक्षा केन्द्रहरूमा उम्मेदवारहरूको प्रवेश बन्द भएको थियो।
परीक्षाको परिणाम घोषित भएपछि नीट पीजी 2025 को काउन्सिलिङ प्रक्रिया शुरू हुनेछ, जसको माध्यमद्वारा एमडी, एमएस र पीजी डिप्लोमा पाठ्यक्रमहरूमा प्रवेश पाइनेछ। मेडिकलको पीजी पाठ्यक्रमको लागि यो एकमात्र प्रवेश परीक्षा हो। केन्द्र सरकार र एनबीईले परीक्षा केन्द्रहरूमा सुरक्षाको कडा व्यवस्था गरेका छन्। यी परीक्षा केन्द्रहरूमा सीसीटीवी क्यामेरा लगाइएका छन् र उम्मेदवारहरूको बायोमेट्रिक उपस्थितिलाई अनिवार्य बनाइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी
