
नयाँ दिल्ली, 21 दिसम्बर (हि.स.)। देश औ दुनियाँमा विख्यात सोशल मीडिया प्लेटफर्म एक्स (X) पूर्वमा ट्विटरको सेवा पुनः बहाल भएको छ। एक्सको सेवा लगभग एक घण्टासम्म डाउन रह्यो जसले गर्दा यूजर्सले कुनै पनि ताजा पोस्टलाई हेर्न सकिरहेका थिएनन्।
भारत समेत दुनियाँभरिका एक्स यूजर्सलाई बिहीवार 11 बजेदेखि एक्सलाई एक्सेस गर्न समस्या भइरहेको थियो। एक्सका यूजर्सलाई पोस्टको सट्टा म्यासेज हेर्न परिरहेको थियो जसमा लेखिएको थियो- ”वेलकम टु X”। यसबाट एक घण्टासम्म एक्स् प्लेटफर्मको डेस्कटप औ मोबाइल दुवै भर्जन प्रभावित रह्यो। यसपूर्व यसै वर्षको गत मार्च अनि जुलाई महिनामा पनि यसरी नै एक्स डाउन भएको थियो।
स्ट्याटिस्टा अनुसार दुनियाँभरिमा एक्सका लगभग 33 करोड़ यूजर्स छन्। यसमध्ये अमेरिकामा 9.5 करोड़ तथा भारतमा 2.7 करोड़ यूजर्स छन्। यसरी नै प्रतिदिन लगभग 50 करोड़ पोस्ट गरिन्छ। पहिला यो ट्विटरको नामले प्रचलित थियो जसलाई जुलाई 2006- मा लन्च गरिएको थियो। अरबपति एलन मस्कले 27 अक्टोबर, 2022-मा यसलाई 44 बिलियन डलरमा खरिद गरेका थिए।
हिन्दुस्थान समाचार/उष्णता
