नयाँ दिल्ली, 21 फरवरी : पश्चिमी जिल्लाको स्पेशल स्टाफ पुलिसले दिल्लीको एक कुख्यात ग्यांगस्टरलाई पक्राउ गरेको छ। आरोपीको पहिचान रिंकु उपनाम सागरको रूपमा भएको छ। रिंकु पहिलादेखि नै 50 वटा आपराधिक मामिलाहरूमा सामेल रहिसकेको छ जसमा हत्या, हत्याको प्रयास, बलात्कार, एक्सटर्शन, लुट, आर्म्स एक्ट आदि सामेल छन्।
डीसीपी विचित्र वीरले बताए, उसले एकजना व्यापारीलाई धम्काएर रंगदारी असुल्ने गर्दथ्यो। उबाट हतियार, जिउँदो कारतूस र एउटा स्कर्पियो कार जफत गरिएको छ।
पुलिस अनुसार घोषित उपद्रवी गए मंगलवार राती कारमा सवार भई बाबा रामदेव मार्गदेखि विकासपुरी तर्फ गइरहेको थियो। यसै अवधि पुलिसलाई सूचना प्राप्त भयो अनि पुलिसले ट्र्याप लगाएर उसलाई समात्ने प्रयास गऱ्यो। पुलिसलाई देखेर उसले आफ्नो कारको गतिलाई बढ़ायो। पुलिसले लामो दूरत्वसम्म उसलाई पछ्याएपछि उसलाई समात्न सफल भयो। उसको जाँच गर्दा हतियार र कारतूस जफत गरियो। आरोपी रिंकुविरूद्ध ख्याला थानामा आर्म्स एक्ट अऩ्तर्गत मुद्दा दर्ता गरिएको छ।
हथियार और कारतूस बरामद किए गए। इसके खिलाफ ख्याला थाना में आर्म्स
जाँचबुझमा थाहा लागे अनुसार उ बाल्यकालदेखि नै अपराधको दुँनियामा सामेल भएको थियो। जेलमा उसको भेट अन्य उपद्रवीहरूसित भयो जोसित मिलेर ठूल्ठूला घटनाहरूलाई परिणाम दिन थाल्यो। चार-पाँच वर्ष अगाड़ि उसले आफ्नो एउटा ग्यांग बनायो अनि स्थानीय युवाहरूलाई सामेल गराएर व्यापारी तथा धनाढ्यहरूबाट रंगदारी असुल्न थाल्यो।
