इटावा, 16 नोभेम्बर : नयाँ दिल्लीदेखि बिहारको सहरसा गइरहेको वैशाली एक्सप्रेसको एस-6 कोचमा आगलागी भएको कारण 19 जना यात्रीहरू घाइते भए। कठोर परिश्रमपछि आगोलाई नियन्त्रित गरिएपछि घाइते यात्रीहरूलाई जिल्ला अस्पतालमा भर्ती गरियो।
गम्भीर रूपमा घाइते 11 जना यात्रीहरूलाई सैफई मेडिकल यूनिभर्सिटीमा रेफर गरिएको छ। बितेको 12 घण्टाभित्रमा ट्रेनमा आगलागी भएको यो दोस्रो घटना हो। क्षतिग्रस्त कोचलाई अलग गरिएपछि ट्रेनलाई प्रस्थान गराइयो।
घटनास्थलमा उपस्थित अप्पर पुलिस अधीक्षक (ग्रामीण) सतपाल सिंहले बताए, हिजो अबेर राती लगभग 2 बजे इटावा रेलवे स्टेशन नजिक मैनपुरी रेलवे क्रसिङ्ग नजिक नयाँ दिल्लीदेखि बिहारको सहरसा गइरहेको वैशाली एक्सप्रेस (ट्रेन संख्या 12554)- को एस-6 कोचमा आगलागी भएको सूचना कन्ट्रोल रूमबाट प्राप्त भएको थियो। घटनास्थलमा पुगेको पुलिस र दमकल विभागको टीमले कठोर परिश्रम गरेर आगोलाई नियन्त्रित गरेपछि घाइतेहरूलाई जिल्ला अस्पतालमा भर्ती गरियो।
गम्भीर रूपमा घाइते यात्रीहरूलाई सैफई मेडिकल यूनिभर्सिटीमा रेफर गरिएको छ। उनले बताए, आगलागीको कारण शर्ट सर्किट रहेको बताइँदैछ। घटनाको जाँच रेल प्रशासनद्वारा गरिएपछि मात्र विस्तृत जानकारी प्रकाशमा आउनेछ।
स्टेशन अधीक्षक पूरनमल मीणाले बताए, घाइते यात्रीहरूमध्ये आठजना जलेर अनि एघारजना धुँवाले निसासिएर अस्वस्थ भएका छन्। आगो लागेर क्षतिग्रस्त भएको कोचलाई ट्रेनदेखि छुट्याएर ट्रेनलाई गन्तव्य तर्फ प्रस्थान गराइएको छ।
