
नयाँ दिल्ली, 11 नोभेम्बर (हि.स.)। प्रवर्तन निदेशालय (ईडी)-ले जब् फर ल्याण्ड मामिलामा पूर्व रेलमन्त्री तथा राजद प्रमुख लालू प्रसाद यादव तथा उनका पुत्र तेजस्वी यादवका कथित सहयोगी अमित कात्याललाई जाँचबुझपछि पक्राउ गऱ्यो। तिनलाई उक्त मामिलामा धन शोधन जाँचको सिलसिलामा पक्राउ गरिएको हो।
ईडीले अमित कात्याललाई पटनाबाट हिजो अबेर राती हिरासतमा लिएको थियो। कात्याललाई स्थानीय अदालतमा पेश गरिने सम्भावना छ। व्यापारी अमित कात्याल एके इन्फोसिस्टमका प्रमोटर हुन्। यो कम्पनी जमीनको सट्टा नोकरी मामिलामा अन्तर्गत मनी लण्ड्रिङ्गमा सामेल रहेको छ। कात्याल र एके इन्फोसिस्टम जमीन घोटाला मामिलामा ईडी अनि सीबीआईको जाँचको घेराभित्र छन्।
हिन्दुस्थान समाचार/उष्णता
