श्रीनगर, । केन्द्रिय चुनाउ आयोगले लोकसभाको आगामी चुनाउको तयारीहरूको समीक्षाको निम्ति मंगलवार जम्मू-कश्मीरमा राजनीतिक दलहरूको साथ परामर्श शुरू गऱ्यो। आयोगको टीमे आज भाजपा, नेशनल कन्फ्रेन्स, पीडीपी, सीपीएम, कांग्रेस र आम आदमी पार्टीका प्रतिनिधिहरूसित चर्चा गऱ्यो।
मुख्य चुनाउ आयुक्त राजीव कुमारको नेतृत्वमा आय़ोगको 9 सदस्यीय टीम तीन दिवसीय यात्रामा सोमवार जम्मू-कश्मीर पुगेको थियो। बैठकपछि नेशनल कन्फ्रेन्सका नेता नासिर असलम वानीले पत्रकारहरूलाई भने, मैले चुनाउ आयोगलाई लोकसभा चुनाउको साथ जम्मू-कश्मीरमा विधानसभा चुनाउ गराउने आवश्यकतामाथि पनि जोड दिएको छु। आयोगले हामीलाई धैर्यपूर्वक सुन्यो। हामीले आय़ोगलाई बतायौं कि जम्मू-कश्मीरका जनता दश वर्षदेखि आफ्नो लोकतान्त्रिक अधिकारहरूबाट वञ्चित छन्।
पीडीपी नेता गुलाम नबी लोन हन्जुराले पत्रकारहरूलाई भने, हाम्रो पार्टीले विधानसभा र लोकसभा चुनाउ एकसाथ गराउने वकालत गरेको छ। यसमा चुनाउ आयोगलाई नै फसेला लिनुपर्नेछ।
अधिकारीहरूले भने, राजनीतिक दलहरूसित बैठक गरेपछि चुनाउ आयोगले जिल्ला चुनाउ अधिकारीहरू र पुलिस अधीक्षकहरूको साथ चुनावी तयारीहरूको विस्तृत समीक्षा गर्नेछ। चुनाउ आयोगका अधिकारीहरूले साझँ जम्मू-कश्मीरका मुख्य निर्वाचन अधिकारी पीके पोल र राज्य पुलिसका नोडल अधिकारीहरूको साथ बसेर चर्चा गर्नेछन्।
चुनाउ आय़ोगका अधिकारीहरूले बुधवार जम्मूमा बैठक गर्नेछन्। जम्मू-कश्मीरमा राजनीतिक खेमाहरूबाट चुनाउ आय़ोगले जम्मू-कश्मीरमा लोकसभा चुनाउपछि तुरन्तै विधानसभा चुनाउ गराउनुपर्ने माग उठिरहेको छ। पूर्व मुख्यमन्त्री डा. फारूक अब्दुल्ला र गुलाम नबी आजादले गत दुई हप्तादेखि यही माग गरिरहेका छन्।
