उत्तरकाशी, 04 फरवरी : उत्तराखण्डको उत्तरकाशी जिल्ला अन्तर्गत उच्च पार्वतीय क्षेत्रहरूमा आइतवार हिमपात अनि मैदानी क्षेत्रहरूमा वर्षा शुरू भएको छ। मौसम विज्ञान केन्द्रले यल्लो अलर्ट जारी गरेको छ। कुमाऊँ-गढ़वाल मण्डल अधिनस्थ पाँचवटा जिल्लामा अढ़ाई हजार मीटरभन्दा अधिक उच्चतामा रहेका क्षेत्रहरूमा भारी हिमपात हुने सम्भावना छ। उच्च शिखरहरूमा हिमपात हुने क्रम अहिले पनि जारी छ।
गए शनिवारदेखिकै जिल्लामा बादल मड़ारिएको छ भने पहाड़ी क्षेत्रहरूमा हिमपात हुने क्रम जारी छ। मैदानी भागमा वर्षा भएपछि शीतलहर छाएको छ। यसले गर्दा अधिकांश क्षेत्रहरूको तापमान 4-6 डिग्री सेल्सियसम्म ह्रास दर्ता गरिएको छ। गंगोत्री-यमुनोत्री औ हरकी दून, हर्षिल, दयाराका चुचुरोहरूलाई हिउँले ढाकेको छ। हिमपातको आनन्द लिन ठूलो संख्यामा पर्यटकहरू आइरहेका छन्।
मौसम विज्ञान केन्द्रका निदेशक बिक्रम सिंह अनुसार आगामी दुई दिनभित्रमा मौसमको स्वरूप फेरिनसक्छ जसकारण उत्तरकाशी, चमोली, रूद्रप्रयाग, बागेश्वर औ पिथौरागढ़मा अढ़ाई हजार मीटरभन्दा अधिक उच्च क्षेत्रहरूमा भारी हिमपात र मैदानी जिल्लाहरूमा कहीँ-कतै मेघ गर्जनासितै असिना पानी पर्ने यल्लो अलर्ट जारी गरिएको छ।
