पटना, 01 जुलाई (हि.स.)। पटना एयरपोर्टलाई बमले उड़ाउने धम्कीपूर्ण ई-मेल पाइएपछि सुरक्षा बढ़ाइएको छ। यस क्रममा हवाई अड्डा थानामा मामिला दर्ता गरिएको छ। ई-मेलमा लेखिएको छ, एयरपोर्टमा बम राखिएको छ र छिट्टै पड्किनेछ। एय़रपोर्ट प्रशान र सुरक्षा एजेन्सीहरूले जाँच शुरू गरेका छन्।
हवाई अड्डाका अधिकारीहरूले पूरा परिसरमा व्यापक छानबीन गरेका छन्। जाँचमा कुनै संदिग्ध वा विस्फोटक सामग्री भेटिएको छैन। हिजो अबेर राति हवाई अड्डा थानामा केस दर्ता गरिएको छ। अहिले पुलिस ई-मेल पठाउने व्यक्तिको पत्तो लगाउनमा जुटेको छ। यसमा तकनीकी र साइबर विशेषज्ञहरूको मद्दत लिँदैछ। अर्कोतिर, यस समय पटना एय़रपोर्टमा कुना-कुनामा केन्द्रिय औद्योगिक सुरक्षा बलका जवान तैनाथ छन्। एय़रपोर्टमा आउने-जाने मानिसहरूमाथि पनि नजर राखिँदैछ।
एसपी (सिटी) दीक्षाले बताइन्, केस दर्ता गरी आर्थिक अपराध एकाई (ईओयू) को साइबर सेललाई जाँचको निम्ति भनिएको छ। पटना पुलिसले पनि आफ्नो स्तरमा जाँच गरिरहेको छ। उल्लेख्य, गत साल 18 जूनमा पनि ई-मेलमा पटना एयरपोर्टलाई बमले उड़ाउने धम्की दिइएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी
