नयाँ दिल्ली, 29 फरवरी: प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहिवार आफ्ना पूर्ववर्ती एवं 1977 मा देशका प्रथम गैरकांग्रेस सरकारका प्रधानमन्त्री बन्ने मोरारजी भाई देसाईलाई उनको जयन्तीमा याद गरे। प्रधानमन्त्रीले एक्स ह्याण्डलमा उनलाई श्रद्धाञ्जली अर्पित गरे।
प्रधानमन्त्रीले भने, श्री मोरारजी भाई देसाईलाई उनको जयन्तीमा श्रद्धाञ्जली। उनी भारतीय राजनीतिका एक दिग्गज, ईमानदारीका प्रतीक हुन्। उनले देशको अत्यन्त समर्पणको साथ सेवा गरे। पछिल्लो मनका कुरा एपिसोडमा मैले उनीबारे यही भनेको थिए।
उल्लेख्य, इन्दिरा गान्धीलाई सत्तादेखि बेदखल गरेपछि जब देशमा जनता पार्टीको 1977 पहिलो पल्ट गैरकांग्रेस सरकार बन्यो तब उनी त्यसका प्रधानमन्त्री थिए। यद्यपि, उनी यस पदमा धेरै समयसम्म रहन सकेनन् र सरकार ढल्यो। उनको जन्म 29 फरवरी 1896 मा भएको थियो। उनले 10 अप्रेल, 1995 मा अन्तिम सास लिए।
