नया दिल्ल। दिल्लीको मन्डी हाउस क्षेत्रमा मंगलवार त्यस समय हलचल मचियो जब दिल्ली पुलिसलाई भोट फेर कांग्रेसको होर्डिङ्ग्स हटाउँदै गरेको देखियो। वस्तुतः भोट फर कांग्रेस लेखेको यासीन मलिकको साथ पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको फोटो भएको होर्डिङ्ग्स लगाइएको थियो, जसलाई देख्नसाथ पुलिसले तुरन्तै त्यहाँबाट होर्डिङ्ग्सहरू हटायो।
यी होर्डिङ्ग्समा 25 मई पनि लेखिएको थियो। दिल्लीमा 25 मईमा मतदान हुन गइऱहेछ। यस बाहेक यासीन मलिक र डा. मनमोहन सिंहको फोटो मुनि टू सपोर्ट फ्रीडम अफ स्पीच एण्ड रिलीज अफ यासीन मलिक। लेखिएको छ। होर्डिङमा यासीन मलिकलाई डा. मनमोहन सिंहसित भेट गरिरहेको देखाइएको छ।
लोकसभा चुनाउमा आचार संहिताको कारण कुनैपनि होर्डिङ र ब्यानर लगाउनु चुनाउ आय़ोगबाट अनुमति माग्नुपर्छ। अनुमति बिना कुनै प्रकारको पनि होर्डिङ लगाउनु अवैध हो। साथै चुनाउ आयोगको तर्फबाट कुनै पार्टी विरूद्ध यस प्रकारको होर्डिङ लगाउने अनुमति पनि छैन। यसैले दिल्ली पुलिसले जस्तै यी होर्डिङ्ग्सहरू देख्यो, उसले तुरन्तै यिनीहरूलाई हटाउनु शुरू गऱ्यो।
यी होर्डिङ्ग्सहरू मन्डी हाउस नजिक सफदर हाशमी मार्ग, तानसेन मार्ग, बाराखम्भा रोड, कोपरनिकस मार्ग र फिरोजशाह रोड वरिपरि लगाइएका थिए। साथै मन्डी हाउसको मुख्य स्क्वायरमा पनि यी होर्डिङ्ग्सहरू लगाइएका थिए। यद्यपि, दिल्ली पुलिसद्वारा यी होर्डिङ्ग्सहरू हटाइएको छ।
