पटना, 25 जनवरी : बिहारमा भइरहेको कठ्याङ्ग्रिने जाड़ो अनि शीतलहरको कारणले बितेको 24 घण्टामा पाँचजनाको मृत्यु भयो। राज्यका भिन्न-भिन्न जिल्लाहरू क्रमैले मुजफ्फरपुर, गोपालगञ्ज, बक्सर, लखीसराय औ छपरामा जाड़ोले ज्यान गुमाउनेहरूहरूमा सिपाही र दुई विद्यार्थी नानी सामेल छन्।
मुजफ्फरपुरको बोचहाँ खण्डमा छैटौं कक्षाका एकजना विद्यार्थी नानीको गए बुधवार मृत्यु भयो। भनिन्छ, छात्र कुर्बान बिहान स्कूल गएको थियो। 10 बजेपछि उ काम्दै घरमा पुग्यो। घरमा पुगेपछि उसको स्वास्थ्य बिग्रिएको कारणले तत्काल उसलाई चिकित्सककहाँ पुऱ्याइयो, तर त्यसबेलासम्ममा उसको मृत्यु भइसकेको थियो।
मुजफ्फरपुर डीएम प्रणव कुमारले भने, बोचहाँमा जाड़ोले एकजना नानीको मृत्यु भएको छ भने अर्को ठाउँमा एकजना नानीलाई बेहोस पाइएको सूचना छ। गोपालगञ्जका 45 वर्षीय शम्भू रायको जाड़ोकै करणले मृत्यु भयो। शम्भू राय पुलिस लाइन डेहरीमा पदस्थापित थिए। गए बुधवार तिनको स्वास्थ्य बिग्रिएको थियो, त्यसपछि तिनको मृत्यु भयो।
यता बक्सर जिल्लाको सिमरी रामोपट्टीमा खेतमा काम गरेर फर्केका किसान चन्द्रदीप रामको घरमा पुग्नसाथ स्वास्थ्य खराब भयो। आफन्तहरूले तिनलाई तत्काल अस्पताल पुऱ्याए जहाँबाट पीएमसीएच पुऱ्याउने क्रममा तिनको मृत्यु भयो।
यसरी नै लखीसरायको कजरा प्राथमिक विद्यालय श्रीघनाका पहिलो कक्षाको छात्र स्कूलमा प्रार्थना गर्दा-गर्दै बेहोस भयो। डाक्टरकहाँ पुऱ्याउने क्रममा उसले अन्तिम सास लियो। सारणको तरैयास्थित खराटी गाउँमा 52 वर्षीय नागेश्वर ठाकुरको मृत्यु भयो।
शीतलहरलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले पूर्वमा आठौं कक्षासम्म बन्द गर्ने नोटिस जारी गरेको थियो, तर एसीएस केके पाठकले तत्काल स्कूलहरूलाई खोल्ने आदेश सबै जिल्लाहरूलाई जारी गरेपछि स्कूलहरू खोलिएको थियो। तथापि अभिभावकहरू अहिले पनि आफ्ना नानीहरूलाई स्कूल पठाउन हिच्किचाइरहेका छन्। राज्यका अधिकांश स्कूलहरूमा नानीहरू थोरै मात्रामा आइरहेका छन् भने कतिपय स्कूलहरूमा नानीहरूको उपस्थिति शून्य छ।
