लखनऊ, 02 नोभेम्बर :उत्तर प्रदेशकी राज्यपाललाई समन पठाएको मामिलामा राज्य सरकारले सम्बन्धित एसडीएम र उनका पेशकरलाई निलम्बित गरिदिएको छ। यस आशयको जानकारी अधिकारीहरूले बिहीवार दिएका हुन्।
बदायूँका जिल्लाधिकारी मनोज कुमार अनुसार यस मामिलामा ठूलो त्रुटि मान्दै एसडीएम विनीत कुमारलाई गए बुधवार निलम्बित गरिएको छ। सम्बन्धित फाइल पेश गर्ने एसडीएमका पेशकर बदन सिंहलाई पनि निलम्बित गरिएको छ।
बदायूँका एसडीएम विनीत कुमारले भूमि विवादको एक मामिलामा राज्यपाललाई समन जारी गरेका थिए। उक्त समनलाई लिएर राजभवनले कड़ा असन्तुष्टी व्यक्त गरेको थियो। मामिला राज्यपालसित सम्बन्धित रहेको कारणले सरकारले कड़ा संज्ञान लिँदै बदायूँका जिल्लाधिकारीलाई सम्पूर्ण मामिलाको जाँच रिपोर्ट तयार गर्ने निर्देश दिएको थियो। एसडीएम विनीत कुमारले पेशकारको लापरबाही बताएका थिए, तर राज्य सरकारले जिल्लाधिकारीको रिपोर्ट पश्चात एसडीएम र पेशकारलाई निलम्बित गरिदिएको छ।
राज्यपालका विशेष सचिव अनुसार बदायूँका जिल्लाधिकारीलाई पत्र पठाएर जानकारी गराइएको थियो कि राज्यपाललाई समन पठाउनु अनुच्छेद 361- को उल्लङ्घन हो र भविष्यमा यसको पुनरावृत्ति नहोस्।
उल्लेखनीय छ, बदायूँ जिल्लास्थित ग्राम बहेड़ीमा लगभग अढ़ाई बिघा जमीनको विवाद भएको थियो। यस मामिलामा एक पक्षले एसडीएम विनीत कुमारको कोर्टमा वाद दर्ता गराएको थियो। वादी चन्द्रहासको आरोप थियो, उसको काकाको जमीनलाई आफन्तहरूले धोकाधड़ी गरेर आफ्नो नाममा बनायो र पछि त्यस जमीनलाई लेखराज नामक व्यक्तिलाई बिक्री गरिदियो।
लेखराजमाथि आरोप थियो, तीमध्ये एक बिघा जमीन सड़क निर्माणमा प्रयोग गरिएको थियो जसको क्षतिपूर्ति लगभग 15 लाख रुपियाँ लेखराजले लिएको छ। यस मामिलामा लेखराज, लोक निर्माण विभाग र राज्यपाललाई पक्षकार बनाइएको थियो। यसै मामिलामा एसडीएमले राज्यपाललाई समन जारी गरेका थिए। समन गत 10 अक्टोबरमा राजभवनमा पुगेपछि खैलाबैला शुरू भएको थियो।
