– मुम्बईको निजी अस्पतालमा लिए अन्तिम सास, लखनऊ ल्याइयो पार्थिव शरीर- सपा अध्यक्ष अखिलेश यादव र शिवपाल यादवले दुःख व्यक्त गरे
लखनऊ, 15 नोभेम्बर : सहारा प्रमुख औ देशका चर्चित व्यवसायी सुब्रत रोय अब रहेनन्। लामो बीरामीपछि गए मङ्लवार अबेर राती मुम्बईमा उनको निधन भयो। उनको पार्थिव शरीरलाई बुधवार लखनऊ ल्याइनेछ जहाँ उनलाई अन्तिम श्रद्धाञ्जलि दिइनेछ।
उनको निधनमा राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले गहिरो दुःख व्यक्त गरेका छन्। उनले आफ्नो सन्देशमा भनेका छन्, सहारा समूहका प्रमुख श्री सुब्रत रोयको निधन अत्यन्त दुःखदायी छ। प्रभु श्रीरामसित प्रार्थना छ कि दिवङ्गत आत्मालाई आफ्नो श्री चरणमा स्थान तथा शोकाकुल परिवारलाई यो अथाह दुःख सहने शक्ति प्रदान गरून्।
उल्लेखनीय छ, कि सुब्रत रोयलाई मुम्बईस्थित एक निजी हस्पिटल कोकिलाबेन धीरूभाई अम्बानी अस्पतालमा गत 12 नोभेम्बरको दिन भर्ती गराइएको थियो जहाँ उनको उपचार भइरहेको थियो। उनले गए राती 22.30 बजे अन्तिम सास लिए। 75 वर्षीय रोयको निधन हृदय गति रोकिएको कारणले भएको हो। उनलाई शुगर, बीपी सहित धेरैवटा गम्भीर रोगहरूले घेरेका थिए। सुब्रत रोयको सम्बन्ध उत्तर प्रदेशसित थियो। उनको निधनमा समाजवादी पार्टी प्रमुख अखिलेश यादवले पनि दुःख व्यक्त गरेका छन्।
समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष अखिलेश यादवले सुब्रत रोयको निधनमा गहिरो दुःख व्यक्त गरेका छन्। उनले ट्वीटमा लेखेका छन्, सहारा प्रमुख सुब्रत रोयको निधन उत्तर प्रदेश सहित देशकै लागि भावनात्मक क्षति हो। किनभने उनी एक अति सफल व्यवसायीसँगसँगै एकजना यस्ता अति समवेदनशील विशाल हृदय भएका व्यक्ति पनि थिए जसले अनगन्ती मानिसहरूलाई सहायता गरे, उनीहरूको सहारा भए। भावभीनी श्रद्धाञ्जलि!
शिवपाल यादवले ट्वीट गरे, सहाराश्री सुब्रत रोयको निधनको दुःखदायी समाचार प्राप्त भएको छ। ईश्वरले दिवङ्गतको आत्मालाई शान्ति प्रदान गरून् अनि शोक सन्तप्त परिवारहरूलाई यस असीम दुःख सहन गर्ने शक्ति प्रदान गरून्। भावपूर्ण श्रद्धाञ्जलि!
